वैशाख– राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता जितेन्द्र सोनलले सर्वोच्च अदालतको शुक्रबारको अन्तरिम आदेशलाई जनताको सर्वोच्चता र संसदमाथिको कुठराघातको संज्ञा दिएका छन् । उनले भने,‘यो घटनाको जति निन्दा गरे पनि कमै हुन्छ ।’

नेता सोनलले विगतमा स्वर्गीय गिरीजाप्रसाद कोइरालाले सर्वाेच्च अदालतलाई नारायणहिटीमा सार्नुपर्छ भनेर भनेको कुरा आज मननयोग्य भएको स्मरण गराए । उनले थपे,‘जनतालाई आफ्नो भाषाको अधिकार दिनुपर्छ भन्दा सर्वोच्चले अंकुश लगाउने ? यसले के देखाउँछ भने सर्वोच्च अदालतले प्रगति र परिवर्तन पचाउन सकेको छैन ।’

उनले साधारण अंशबण्डाको मुद्दामा त कानुनको धारा तथा उपधारा र ऐनहरु हेरिन्छ भन्दै प्रश्न तेर्साए, ‘सर्वोच्च अदालतको आदेश भावनाको आधारमा, कवितावाचन गरेर मुलुक चल्दैन नि ?’ उनले अदालतको यस्तो अन्तरिम आदेशलाई सवैधानिक संकट खडा गराउनेको उपज हो भनेर टिप्पणी गरे । सोनलले थपे, ‘अदालतको यो आदेश लोकतन्त्रमाथिको आक्रमण हो ।’

निकै आक्रमक रुपमा प्रस्तुत भएका सोनलले मुलुकको निकासको लागि सरकारले संविधान संशोधनमार्फत मधेशी जनताको अधिकार सुनिश्चित गर्न खोजिरहेको बेला यस्तो घट्ना हुनु दुःखद भएको गुनासो पोखे । उनले भने,‘संशोधन प्रस्तावको पक्षमा सरकारले दुई तिहाई पुर्याउँदै थियो, त्यो पनि १९ गते नै, तर यो मुलुकमा १९ गते नै फेरि अर्को खेल भयो, त्यही दिन किन यस्तो खेल भयो ?’

उनले प्रश्न तेर्साए,‘जुन दिन सरकारले संशोधन प्रस्तावको पक्षमा दुई तिहाई पुर्याउँदै थियो, त्यही दिन केपी ओलीको भेट, जनताले आन्दोलनबाट फ्याँकेको व्यक्तिसँग हुन्छ, यो के गर्न खोजेको हो ?’ उनले एमालेको नामै लिएर बालहठ गरेर षडयन्त्रको तानाबाना बुन्दा अहिले मुलुक अड्किएको आरोप लगाए ।

उनले न्यायाधीश चोलेन्द्र शमशरेले आफ्नो फैसालामाथि पूनरावलोकन गर्नुपर्ने समेत माग गरे । उनले संविधानसम्मत् हिसावले महाअभियोग प्रस्ताव आएकोले संसदले महाअभियोग प्रस्ताव अघि बढाउनुपर्ने समेत जिकिर गरे ।

काठमान्डौ टूडे बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah