कोरोनाभाइरसको सङ्क्रमण भएका एक व्यक्तिको पहिलो पटक चीनबाहिर मृत्यु भएको पुष्टि भएको छ।

तर फिलिपिन्समा मृत्यु हुने ती ४४ वर्षीय व्यक्ति चिनियाँ नागरिक हुन् र उनी कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनको वुहानबाट फिलिपिन्स गएका थिए।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार फिलिपिन्स आउनुअघि नै उनमा सङ्क्रमण भएको सङ्केत देखिन्थ्यो।

अहिलेसम्म कोरोनाभाइरसको महामारीमा १४,००० भन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ३०० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ।अधिकांश बिरामीहरू चीनको हुबे प्रान्तमा छन्।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसका कारण विश्वभरि सङ्कट उत्पन्न भएको बताएको छ।अमेरिका, अस्ट्रेलिया र अन्य देशहरूले चीनबाट विदेशी नागरिकहरूलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाएका छन् भने आफ्ना नागरिकलाई अलग्गै राख्ने व्यवस्था मिलाएका छन्।(बिबिसि)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah