स्थानीय तहको निर्वाचनका लागि झापामा रहेका राजनीतिक दलले उम्मेदवार छान्न सक्रियता देखाएका छन् । माओवादी केन्द्र र राप्रपाले उम्मेदवार टुंगो लगाएपछि अन्य दल पनि उम्मेदवार छान्न हतारिएका हुन् । एमालेले केही क्षेत्रका लागि नाम सिफारिस गरिसकेको छ भने कांग्रेसले पनि दुई दिनभित्र नाम सिफारिस गरिसक्ने जनाएको छ ।
निर्वाचनको मिति सरेका कारण उम्मेदवार छनौट गतिविधि केही ढिला भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताए । उनले भने– ‘धेरैका नाम आएका छन् कुन क्षेत्रमा कसलाई चयन गर्ने त्यसको भने यकिन भइसकेको छैन ।’
निर्वाचनको मिति सरेका कारण उम्मेदवार छनौट गतिविधि केही ढिला भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताए । उनले भने– ‘धेरैका नाम आएका छन् कुन क्षेत्रमा कसलाई चयन गर्ने त्यसको भने यकिन भइसकेको छैन ।’
राप्रपाले चार नगरसहित पाँच स्थानमा उम्मेदवारको टुङ्गो लगाएको छ । बिर्तामोडमा भक्ति सिटौला, मेचीनगर नगरपालिकामा अशोक सुब्बा, दमक नगरपालिकामा राम थापा र भद्रपुरमा नवराज पनेरुको नाम मेयरमा सिफारिस गरेको हो । दमक नगरपालिकाको उपप्रमुखमा रीता श्रेष्ठ, मेचीनगरको उपप्रमुख सबिना बजगाँई, गौरीगञ्ज नगरपालिकाको प्रमुखमा बाबुराजा श्रेष्ठ र हल्दिबारी गाउँपालिकाको प्रमुखका रवीन्द्र लिङ्देनलाई सिफारिस गरेको छ । यता माओवादी केन्द्रले पनि छ वटा स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । तीन नगरपालिकासहित उनले ६ स्थानीय तहमा उम्मदवारको टुंगो लगाएको केन्द्रीय इञ्चार्ज झलकसिंह दर्लामीले बताए ।
दर्लामीका अनुसार दमक नगरपालिकामा गगन पुरी, उपमेयरमा शान्तिदेवी धिमाल, अर्जुनधारा नगरपालिकाको मेयरमा भूपेन्द्र न्यौपाने, उपमेयरमा सुनिता तामाङ, मेचीनगरमा हंशलाल राजवंशी र इन्दिरा कार्कीको नाम चयन भएको छ । यता झापा गाउँपालिकामा रुद्र बजगाँईको नाम चयन भएको छ । पवित्रा राजवंशीलाई उपाध्यक्षमा नाम सिफारिस गरिएको बताइएको छ । कमल गाउँपालिकामा बिमल संग्रौला अध्यक्ष र गौरी राईलाई उपाध्यक्षका लागि चयन गरिएको छ ।
कचनकवल गाउँपालिकामा हंशनारायण राजवंशी अध्यक्ष र ईश्वरीमाया गनगाईलाई उपाध्यक्ष बनाउने बताइएको छ । नेकपा एमालेले कचनकवल नगरपालिकामा शेरबहादुर खत्रीलाई अध्यक्ष र धनमाया दाहाललाई उपाध्यक्षमा उठाउने निर्णय गरेको बताइएको छ । झापा गाउँपालिकाको अध्यक्षमा गजेन्द्र ताम्ली र उपाध्यक्षमा कुन्तीदेवी बुढाथोकीको नाम सिफारिस भएको बताइएको छ । बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा चिन्तन पाठकको नाम प्रदेश कमिटीमा पठाइएको छ । त्यस्तै मेचीनगर नगरपालिकाको मेयरका लागि गोपाल बुढाथोकी, विष्णु प्रसाईं र शारदा शर्मा तथा उपप्रमुखमा मीना पोखरेल उप्रेती, कल्पना ओली, सुभद्रा अर्याल, दुर्गा डाँगी, सविता दाहाल र संगीता थापाको नाम सिफारिस भएको छ ।
भद्रपुरको मेयरमा जीवनकुमार श्रेष्ठ र यामबहादुर श्रेष्ठ तथा उपप्रमुखमा चन्द्रा श्रेष्ठ र तुलसा राजवंशीको नाम सिफारिस भएको छ । बिर्तामोड नगरपालिकाको मेयरमा उमानाथ ओली, चन्दा सेढाई, ज्ञानुराम प्रसाईं, एकराज कार्की, हरि ओझा, लोकबन्धु कन्दङ्वा, हरिचरण शिवाकोटी र धु्रव शिवाकोटीको नाम सिफारिस भएको छ । उपमेयरमा भने पवित्रा महतरा, पवित्रा पाठक, उर्मिला खरेल, टीका खरेल, भीमा शिवोकाटी, दुर्गा सिग्देल, पुष्पा दाहाल र सीमा ढुंगानाको नाम सिफारिस भएको छ ।
कनकाई नगरपालिकाको मेयरमा चन्द्रमोहन, बृहस्पति उप्रेती, राजेन्द्र पोखरेल र हीरा थापाको नाम सिफारिस भएको छ । उपप्रमुखमा सीता बस्नेत, मञ्जु प्रसाईं, नर्वदा संग्रौला र शोमा भण्डारीको नाम सिफारिस भएको छ । दमकको मेयरमा रोमनाथ ओली, अम्बिका खनाल, इन्द्र बुढाथोकी र तारा ढकालको नाम सिफारिस भएको छ । उपप्रमुखमा सुमित्रा भण्डारी, लीला दाहाल, नेत्रकुमारी धिमाल, सुमित्रा प्रसाईंको नाम सिफारिस भएको बताइएको छ ।
यता गौरादह नगरको मेयर पदमा ११ जनाको नाम सिफारिस भएको छ । हिक्मत कार्की, मदन अधिकारी, कालिदास श्रेष्ठ, छत्रपति सुवेदी, बलबहादुर तामाङ, मीना ढकाल, मित्रदेव काफ्ले, योगराज दाहाल, राजेन्द्र सुवेदी र लीला कट्टेलको नाम सिफारिस भएको बताइएको छ । त्यसैगरी उपमेयर पदमा भने शारदा पराजुली, गीता, भेटवालको नाम सिफारिस भएको जनाइएको छ । अर्जुनधारा नगरको मेयरमा हरिकुमार राना, प्रेम सागर सापकोटा, कुन्दन भट्टराईलाई सिफारिस गरिएको बताइएको छ । उपमेयरमा कमला आचार्य, देवीमाया भट्टराई र कमला घिमिरेको नाम सिफारिस गरेको छ ।
शिवसताक्षी नगरपालिकाको मेयरमा रोशन थोप्रा, चन्द्र शेर्मा, राधाकृष्ण खनाल र धनबहादुर थेवेको नाम सिफारिस भएको छ । उपमेयरमा भोजकुमारी नेपाली, यशोदा बिमली, मनमाया तिवारीको नाम सिफारिस भएको बताइएको छ –
शिवसताक्षी नगरपालिकाको मेयरमा रोशन थोप्रा, चन्द्र शेर्मा, राधाकृष्ण खनाल र धनबहादुर थेवेको नाम सिफारिस भएको छ । उपमेयरमा भोजकुमारी नेपाली, यशोदा बिमली, मनमाया तिवारीको नाम सिफारिस भएको बताइएको छ –


