सुन्दर र चम्किलो चन्द्रमालाई हिन्दू धर्ममा देवताको स्थान दिइएको छ। पूजनीय चन्द्रदेवको जन्मको कथा पुराणहरूमा फरक फरक रूपमा प्रस्तुत गरिएको छ।

वैदिक साहित्यमा चन्द्र अर्थात् सोमको स्थान प्रमुख देवताका रूपमा रहेको छ। अग्नि, इन्द्र, सूर्य लगायतका देवहरू जस्तै सोमको स्तुतिका मन्त्रहरूको रचना ऋषिहरूले गरेका हुन्।

पुराणका अनुसार चन्द्रको उत्पत्ति
मत्स्य एवं अग्नि पुराण अनुसार ब्रह्माजीले सृष्टि रचना गर्ने विचार गरेपछि सबभन्दा पहिला संकल्पको माध्यमले मानसपुत्रको रचना गरे। उनीहरूमध्येका एक मानसपुत्र ऋषि अत्रिको विवाह ऋषि कर्दमकी कन्या अनसूयासँग भएको हो। उनीहरूबाट दुर्वासा, दत्तात्रेय र सोम तीन पुत्र उत्पन्न भए। सोम चन्द्रमाकै अर्को नाम हो।

पद्मपुराणमा चन्द्रको जन्मको अर्को वृत्तान्त पाइन्छ। ब्रह्माले आफ्नो मानसपुत्र अत्रिलाई सृष्टि विस्तार गर्ने आज्ञा दिए। यसका लागि महर्षि अत्रिले अनुत्तर नामक तप आरम्भ गरे। तपस्याकालमा एक दिन महर्षिका नेत्रबाट जलका केही थोपा चुहिए। ती थोपा अत्यन्त चम्किला थिए।

दिशाहरूले स्त्रीरूप धरेर पत्रप्राप्तिको कामना गर्दै ती थोपा पिए जुन उनीहरूको पेटमा गर्भ रूपमा स्थापित भयो। तर त्यस चम्किलो गर्भलाई दिशाहरूले राखिरहन सकेनन् र त्यागिदिए। त्यही त्यागिएको गर्भलाई ब्रह्माले पुरुष रूप दिए जो चन्द्रमाको रूपमा प्रख्यात भयो। देवताहरू, ऋषिहरू र गन्धर्वहरूले उनको स्तुति गरे। उनकै तेजबाट पृथिवीमा दिव्य औषधि उत्पन्न भए। ब्रह्माजीले चन्द्रमालाई नक्षत्र, वनस्पति, ब्राह्मण र तपको स्वामी नियुक्त गरे।

स्कन्द पुराणका अनुसार देवता तथा दैत्यहरूले क्षीरसागर मन्थन गरेपछि त्यहाँबाट चौध रत्न निस्केका थिए। चन्द्रमा तिनै चौध रत्नमध्ये एक हुन् जसलाई लोककल्याणका लागि मन्थनबाट प्राप्त कालकूट विष पिउने भगवान् शंकरले आफ्नो शिरमा राखेका छन्।

चन्द्रमाको विवाह दक्षप्रजापतिका छोरीहरू २७ नक्षत्रसँग भएको थियो। सत्ताईस नक्षत्रको भोगबाट एक चन्द्रमास पूर्ण हुन्छ। स्रोत वेबदुनिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah