इस्तानबुल । टर्कीमा एउटा विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिँदा तीन जनाको मृत्यु भएको छ भने करिब १५० यात्रु घाइते भएका छन् । आन्तरिक उडानका क्रममा इजमिर प्रान्तबाट आएको बोइङ ७३७ विमान बुधबार इस्तानबुलमा अवतरणका क्रममा दुर्घटना भएको हो । इस्तानबुलस्थित विमानस्थलमा अवतरणका क्रममा पिगासस एयरलाइन्सको जेट विमान धावनमार्गबाट चिप्लिएको हो । विमानमा १७१ यात्री र चालक दलका ६ सदस्य सवार थिए ।

पिगासस एयरलाइन्सले आधिकारिक स्रोतलाई उद्धृत गर्दै दुर्घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ । सो एयरलाइन्सले ट्वीट गर्दै यसको जानकारी दिएको हो ।

टर्किस मिडियाका अनुसार विमानमा सवार अधिकांश टर्कीकै नागरिक छन् । उक्त विमानमा सवार यात्रुमध्ये २० जना विदेशी रहेको बताइएको छ ।

इस्तानबुलका गभर्नर अली यर्लिकायाका अनुसार दुर्भाग्यवस उक्त विमानले रनवे छाड्यो र चिप्लिएर ५० देखि ६० मिटर पर पुग्यो । उनले प्रतिकुल मौसमका कारण उक्त दुर्घटना भएको बताए । धावनमार्गबाट चिप्लिएको विमान तीन टुक्रामा विभाजित भएको छ । उक्त विमान प्रतिकुल मौसमका बाबजुद अवतरण गरिरहेको समयमा उक्त दुर्घटना भएको अधिकारीहरुको भनाइ छ । अधिकारीहरुका अनुसार हुरीसहित भारी वर्षा भइरहेको समयमा विमान अवतरण गर्दै थियो ।

दुर्घटनापछि सार्वजनिक भिडियो फुटेजमा विमानको एउटा भागबाट यात्रीहरु निस्किँदै गरेको र उद्धारकर्मीहरु उद्धारमा जुटिरहेको देखिन्छ ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ भने सो विमानस्थलमा अवतरण हुने फ्लाइटलाई अन्यत्र ‘डाइभर्ट’ गरिएको छ । पिगासस एयरलाइनसकै विमान सोही विमानस्थलमा ७ जनवरीमा पनि धावनमार्गबाट चिप्लिएको थियो । त्यतिबेला कुनै मानवीय क्षति भएको थिएन ।

सोही एयरलाइन्सको विमान जनवरी २०१८ मा ट्राब्जोन विमानस्थलमा पनि चिप्लिएर समुद्री तट नजिक पुगेको थियो । त्यतिबेला पनि कुनै मानवीय क्षति भएको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah