थाइल्यान्डको उत्तरपूर्वमा रहेको कोरातमा २६ जनाको ज्यान लिने गरी एक सैनिकले मच्चाएको गोलीकाण्डको मकसद सार्वजनिक भएको छ ।

ती सैनिकलाई जमीनको एक सम्झौतामा असन्तुष्टि रहेको प्रधानमन्त्री प्रयुत चान–ओचाले आइतवार बताए ।

शनिवार दिउँसो ३ बजेदेखि चलेको गोलीकाण्ड आइतवार बिहान सुरक्षाकर्मीहरूले सैनिकलाई मारेपछि टुंगिएको थियो ।

ती सैनिकको नाम जाकरापन्थ थोम्मा हो र उनी कनिष्ठ सैन्य अधिकारी हुन् ।

थोम्माले आफ्ना कमान्डर र दुई सैनिकलाई मारेपछि हतियार, गोलीगट्ठा र हम्भी वाहन सैन्य अड्डाबाट चोरेका थिए । त्यसपछि उनी एक बौद्ध मन्दिर गए अनि त्यहाँबाट व्यस्त शपिङ सेन्टर टर्मिनल २१ पुगे ।

त्यहाँ उनले सामान किन्न गएका मानिस र पैदलयात्रीहरूमाथि गोली चलाए अनि केहीलाई बन्धक पनि बनाए । सुरक्षाबलहरूसँग १७ घन्टा आमनेसामने भएपछि उनलाई गोली हानेर मारियो ।

गोलीकाण्ड गरिरहँदा उनले आफ्नो फेसबूक पेजमा अप्डेट पनि गरिरहेका थिए जसमा उनले लेखेका थिए– ‘कोही पनि मृत्युबाट भाग्न सक्दैन’ र ‘म आत्मसमर्पण गरौं ?’ ती पोस्टहरू पछि डिलिट गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah