एजेन्सी । भारतको एक विद्यालयमा देखाइने एउटा नाटकका कारण विद्यालयकी शिक्षिका र एक अभिभावक जेलमा पुगेपछि घटनाले देशको ध्यान तानेको छ ।

‘म यहाँ कसरी आइपुगे भन्ने नै मलाई थाहा छैन,’ २६ वर्षे अभिभावक नज्बुन्निसाले बताइन् । उनी एक्लै बच्चा हुकाइरहेकी आमा हुन् । जीविकोपार्जनको लागि उनी मानिसका घरमा गएर घरधन्दा सघाउने काम गर्छिन् ।

उनी आफ्नो छोरीको शिक्षिका फरिदाँ बेगमसँग जनवरी ३० मा पक्राउ परेकी हुन् । ती दुई जनाविरुद्ध देशद्रोहको आरोप लागेको छ, जुन मुद्दा दुवैले अस्वीकार गरेका छन् ।

तिनको मुद्दाको सुनुवाइ मङ्गलबार सरेको छ । तिनका वकिलले देशद्रोहको मुद्दाको आफ्ना क्लाइन्टविरुद्ध गलत प्रयोग भएको बताएका छन् ।

यो कानुन औपनिवेशिक कालको कानुनबाट विकसित भएको हो जुन अझै निर्वाद रुपमा प्रयोग हुँदै गएको छ । तथापि, सर्वोच्च अदालतले यो कानुनको प्रयोग सिमित गर्नको लागि यो कानुन अघि बढाउन हिंसा गर्न उक्साएको हुनुपर्ने परिभाषित गरेको छ ।

दुई महिलामाथि ‘झुटो सूचना’ विस्तार गरेको र ‘मुसलमान समुदायमाझ डर फैलाएको’ आरोप छ । त्यस्तै तीमाथि भारतका प्रधानमन्त्रीको अपमानको गर्न बालबच्चा प्रयोग गरेको आरोप पनि छ ।

शाहिन स्कुलमा प्रदर्शन भएके एक नाटकपछि ती दुई महिलाको दुःख सुरु भएको थियो । सो विद्यालयमा नज्बुन्नियाको छोरी पढ्छिन भने ५२ वर्षकी फेरिदा पढाउँछिन् ।

नाटक विवादित बनेको नयाँ नागरिकता कानुनबारेमा थियो, जसलाई डिसेम्बरमा सत्तारुढ राष्ट्रवादी भाजपाले पास गराएदेखि नै यसले भारतलाई ध्रुविकृत गरिरहेको छ ।

नागरिकता संशोधन विधेयकले पाकिस्तान, बंग्लादेश र अफगानिस्तानबाट भारत आएर बसेका गैर–मुसलमान आप्रवासीका लागि नागरिकता लिने प्रावधान सहज बनाएको छ ।

यस कानुनले भारतको २० करोड मुसलमान समुदायमा डर उत्पन्न गरायो । भारतको वर्तमान सरकारले ‘नेशनल रजिस्टर अफ सिटिजन्स’ ल्याउन लागेको सन्दर्भमा आएकाले पनि यसबाट धेरै त्रस्त भए ।

नेशनल रजिस्टर अफ सिटिजन्सले आफूलाई भारतमा पुस्तौनी बसिरहेको प्रमाणित गर्न सक्नेले मात्र नागरिकता पाउने प्रावधान राखेको छ ।

सरकारले हालसम्म कुन प्रमाणपत्रले नागरिकता प्रमाणित हुन्छ भन्ने अझै स्पष्ट पारेको छैन तर समग्रमा सरकारको कदमले मुसलमानमाझ भय आफूहरुलाई सीमान्तकृत गर्ने प्रयास भएको डर उत्पन्न भएको छ ।

सत्तारुढ भाजपाले यी आरोपको खण्डन गरेको छ । उसले नयाँ विधेयकमा डराउनुपर्ने केही नरहेको बताएको छ ।

विवादीत विषयमा बनेको नाटकलाई एक अभिभावकले फेसबुकमार्फत लाइभस्ट्रिम गरेपछि त्यो भाइरल भयो ।

भिडियो हेर्नेमध्येका एक नीलेस रक्शल पनि थिए । आफूलाई समाजिक अभियन्ता बताउने रक्सशल नाटकको एक दृश्य देखेर क्रुद्ध भएको बताउँछन् । उक्त दृश्यमा एक पुरुष वृद्ध महिलाकहाँ पुग्छन् र मुसलमानहरुले पुस्तौनी कागजागत देखाउन नसके नरेन्द्र मोदीले तिनलाई देशबाट निकाल्नेछन् भन्छन् ।

नाटककी ती वृद्धि महिला आफ्नो कैयाँै पुस्ता भारतमा बस्दै आएको तर कागजात खोज्नुपरे आफ्ना पुर्खालाई चिहानबाट निकाल्नुपर्ने बताउँछन् ।

त्यसपछि उनी भन्छिन्, ‘एक चिया बेच्ने केटो हामीलाई कागजात देखाउन भनिरहेको छ ।’ उनले चिया बेच्ने भनेर मोदीलाई संकेत गरेका हुन्, जुन मोदी बारम्बार उल्लेख गर्छन् ।

‘म पनि उसलाई कागजात देखाउन भन्छु र यदी उसले आफ्नो कागजात देखाउन सकेन भने चप्पल खोलेर हान्छु,’ उनी थप्छिन् ।

रक्शलले आफूले नाटक हेरे लगतै प्रहरीमा उजुरी गरेको बताए । उनका अनुसार विद्यार्थीलाई नाटक देखाएर देशका प्रधानमन्त्रीको अपमान गरिएको छ र साम्प्रदायिक घृणा फैलाइएको छ ।

रक्शलले गरेको उजुरीमा विद्यालय व्यवस्थापन र नाटकलाई लाइभ गर्ने अभिभावकविरुद्ध मुद्दा दायर गरिएको छ ।

विद्यालय व्यवस्थापनका कैयौँ सदस्य र विद्यालयका अध्यक्षविरुद्ध पनि मुद्दा दायर गरिएको भए पनि प्रहरी अदालतसामु तिनको खोजी भइरहेको जानकारी दिएको छ ।

‘विद्यालयविरुद्ध किन देशद्रोहको मुद्दा दायर गरिएको छ, मलाई थाहा छैन । यो कुनै व्यक्तिको कल्पनाभन्दा परको कुरा हो । हामी अदालतमा यसविरुद्ध लड्ने छौँ,’ विद्यालयका सीईओ थुसिफ मडिकेरीले भने ।

प्रहरीले घटनाबारेमा विद्यार्थीसँग समेत सोधपुछ ग¥यो । यसका विभिन्न भिडियो समाजिक सञ्जालमा शेयर भइरहेका छन् र यसका लागि प्रहरीको विरोध भइरहेको छ ।

कर्नाटक राज्य वाल अधिकार संरक्षण आयोगले प्रहरीलाई विद्यार्थीसँग किन त्यति धेरै पटक सोधपुछ गर्नुको कारण सोधेको छ । प्रहरीले भने विद्यार्थी एकै पटक उपलब्ध नभएकाले यसो गर्नुपरेको बतायो ।

प्रहरीले विद्यार्थीसँगको सोधपुछको आधारमा दुई महिलालाई पक्राउ गरेको बताएको छ ।

नज्बुन्निसा आफू किन पक्राउ परेको भन्नेमा अलमलमा छिन् । ‘मेरी छोरी घरमा नाटकको लागि रिहर्सल गर्दै थिइन् ,’ उनले बताइन्, ‘तर त्यो के बारेमा थियो भन्ने मलाई थाहा थिएन । सीएए अथवा एनआरसीबारेको विवादबारेमा पनि मलाई थाहा छैन । म त उनको नाटक हेर्न गएको पनि थिइन्,’ नज्वुन्निसाले भनिन् ।

नज्वुन्निसा पक्राउ परेपछि उनको छोरी अहिले परिवारको एक मित्रको घरमा छिन् ।

फरिदा बेगम उच्च रक्त चाप रोगबाट ग्रसित छिन् र उनी ‘भोलि के होला ?’ भन्नेमा चिन्तित छिन् । उनको श्रीमान मिर्जा बेग आमा जेलमा परेको कुराले आफ्नी छोरीको विवाहको असर गर्ला भन्ने कुरामा चिन्तित छन् ।

‘जे भइरहेको छ, ठीक भइरहेको छैन ,’ मिर्जाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah