दोलखा भिमसेनको मुर्तिमा फेरी पसिना आएको छ । भिमसेनको उक्त मुर्तिलाई भविष्यको सूचकका रुपमा लिने गरिन्छ। जबजब राज्यमा कुनै बिपत आउँन लाग्छ , तब दोलखा भिमसेनको मुर्तिमा पसिना आउने गर्दछ। परापुर्वकालदेखी नै त्यसरी मुर्तिमा पसिना आए कपासले पसिना पुछेर राजाकहा पठाउने चलन थियो । त्यसरी पठाइएको कपास राजाकहा पुगेपछि दरबारबाट पंचबलीको पुजा सामाग्री पठाई क्षमापूजा गर्ने चलन थियो। नारायणहिटी हत्याकाण्डको बेलामा पनि त्यसरी पसिना आएको, ७२ सालको भूइचालो आउने बेलामा पनि त्यसरी पसिना आएको थियो, त्यसैगरी २०७४ सालमा पनि पसिना आउदा राष्ट्रपतिको कार्यालयबाट पुजा सामाग्री पठाई क्षमा पुजा गरिएको थियो।

दोलखा भिमसेनको मन्दिर कसले बनायो भन्ने यकिन किंवदन्ती छैन, स्थानीय हरुले भनेका कथा हरुलाई नै आधार मानेर दोलखा भिमसेनको मन्दिर यसरि बनेको रहेछ भनि अनुमान भने लगाउन सकिन्छ । भिमसेनको उत्पतिको कथा यस्तो छ ;

 

परापूर्वकालमा हाल भिमसेनको मन्दिर भएको स्थानमा घना जंगल थियो । त्यहाँ बाट लामाबगर जाने बाटो पर्थ्यो । त्यहि बाटो हुदै जादा १२ जना भरियाहरु हाल भिमसेनको मन्दिर भएको स्थानमा वास बस्ने निधो गरि खाना पकाउने सुरसार गर्न थाले। खाना पकाउन आगो जोडजाम गर्न तीनवटा ढुंगा बटुलेर आगो बाले अनि भात बसाए । भात पाक्ने बेलामा एउटा ढुंगा तिरको भागमा काचै देखेपछी पन्युले चलाएर फेरी पकाउदा पनि एकातिर काचै भयो, धेरैपटक यस्तो भएपछी ति भरियाले रिसाएर त्यो एकातिरको ढुंगालाइ मिल्काए ।

मिल्काएपछी त्यस ढुंगाबाट दुध र रगत मिसिएको तरल पदार्थ बग्न थाल्यो । त्यसपछि भरियाहरु डराएर जुनसुकै देवीदेउता भएपनि हामीलाई माफ गरिदिनु भन्दै क्षमायाचना गरि त्यहा बाट हिडे । अलिपर गएपछि एकजना जोगी निधारमा रगतपच्छे भएर आएको देखि सोध्दा जोगीले त्यहाँ मलाइ हिर्काए भने, भरियाहरुले केहि क्षण अघिको सबै बेलिबिस्तार लगाउदा जोगीले त्यो त भिमसेन हुन्, मन्दिर स्थापना गरि पुजा गर्नु भनेर अलप भए । त्यसपछि ति भरियाहरुले त्यो ढुंगालाइ ल्याएर साधारण मन्दिर बनाइ पुजा गरि बडादशैंको दिन १२ वटा बोका बलि दिने प्रतिज्ञा गरे। अहिले पनि भिमसेनको मुर्तिमा चुच्चोतिर अलिकति चोइटिएको देख्न सकिन्छ ।

त्यसपछि कुनै एक राजाले उक्त मन्दिर बनाई सुनको गजुर लगाए, भोलिपल्ट त्यो गजुर भत्किएको पाइयो, फेरी चादीको गजुर लगाए त्यो पनि भत्किएको पाइयो, त्यसपछि तामाको गजुर लगाए, अनि ति राजाले राति ”मलाइ छानो मनपर्दैन त्यतिकै छोडिदिनु छानो  नलाउनु” भन्ने सपना देखेपछी मन्दिरमा छानो लगाइएन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah