आजको २१औं सताब्दीमा आइपुग्दा मानिसहरुको सोच संग्क्रिड बन्दै गहिरहेको बेलामा भद्रपुर ५ निवासी इन्द्र नेपाल कुन शिक्षा , सोच र भावनामा छन् भन्ने विश्वास लाग्दैन । आमा बुवा भनेको जिउँदो भगवानको प्रतिमुर्ति हुन् । मन्दिर धाउनु भन्दा जिउँदो भगवानलाई पूजा गर्दा चाहिं उचित हुन्छ जस्तो मलाई लाग्छ ।

आमा बुवाको ममताको वर्णन शब्दद्वारा गर्नै सकिन्न। गुरु भन्ने बित्तिकै शिक्षक मात्रै बुझ्ने सामान्य मान्छेको धारणालाई गलत नै भन्न नमिले पनि त्यो उपयुक्त चाहिं होइन । नहुर्कीदा सम्म आमाबुवाले हामीलाई ज्यान दिएर पालन पोषणमा गरेका हुन्छन् । आफ्नो सन्तानले खायो कि खाएन ,उसलाई चैन छ कि छैन हरदम आमा बुवालाई यहि कुराको चिन्ता हुन्छ।

वास्तवमा गुरु भनेकै आमा बुवा हुन्। असल बाटोमा हिंड्न अभिप्रेरित गर्न सक्ने व्यक्ति हुन् ।शिक्षा दिएर देशको सभ्य र कुशल नागरिक बनाउन हामीलाई यिनै आमाबुवाले प्रतिज्ञा गरेका हुन्छन् । विडम्वना, सबै आमा बुवाहरुले कहाँ सुख पाउछन र? आफ्नो छोराछोरीको बाटो हेरेर आज पनि कति आमा बुवाहरु विभिन्न वृद्धा आश्रममा आखाँ रसाएर बसेको भेटिन्छ।

बाचुन्जेल हो धर्मकर्म गर्ने , त्यसैले “आमाबुवा” अर्थात साक्षात देवीदेउतालाई आजैदेखि सुखी राखौँ । आमाबुवा खुसी नभए मातातिर्थ औसी र कुसे औसी को के काम?

पितृ देवो भव ।

गुरु देवो भव ।

अर्थात् माता (आमा), पिता (बुवा), गुरु सबै भगवान हुन् ।

हिन्दू धर्ममा भगवानका धेरै अवतारलाई पुज्ने गरिन्छ । बारैपिच्छे फरक फरक भगवानलाई पुजिन्छ । धुप, बत्ती, नैवेद आदि इत्यादी चढाएर प्रशन्न पारिन्छ । उनीहरुका नाममा व्रत पनि बसिन्छ । उनीहरुलाई पुज्ने निश्चित बार र दिन छुट्याइएको छ ।

हिन्दु धर्मले माता पितालाई पनि भगवानका रुपमा परिभाषित गरेको छ । जीवित एवम् साक्षात् देवता । सारा दुःख कष्ट झेलेर प्रत्यक्ष रुपमा सन्तानको लालनपालन गरी सक्षम बनाउने भएका कारण नै माता पितालाई साक्षात् देवता भनिएको हो ।

सबै धर्मले माता पिताको कदर गर्छ नै । यद्यपी हिन्दू धर्मले भने भगवान समानको सम्मान दिएको छ, माता–पितालाई । सम्मान स्वरुप वर्षको एक दिन माता र पिताका लागि छुट्याइएको छ, मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) । कुशे औँसी अर्थात् पिताको मुख हेर्ने दिन ।

हुन त धन हुनेलाई सधैँ दशैँ (विजया दशमी) भनेझैँ माता–पिता हुनेलाई सधैँ कुशे औँसी, सधैँ मातातीर्थ औँसी । तर माता–पिताबाट टाढा रहेका छोराछोरीका लागि भने यी दिन अझ विशेष हुन्छन् । पितालाई विशेष सम्मान दिइन्छ ।

पिता हुनेले कुशे औँसीको दिनलाई उत्सवका रुपमा मनाउँछन् । आफ्नो दक्षताअनुसारका विभिन्न परिकारका मिठाई, फलफुल, लत्ता कपडा लगायका उपहार दिएर पिताको मुख हेर्छन् भने टाढा हुनेले फोनबाटै नमन गर्छन्, सम्झन्छन् ।

भौतिक रुपमा अस्त भइसकेका पिताहरुलाई भने छोराछोरीहरुले विभिन्न शक्तिपीठ, देवालय (गोकर्णेश्वर महादेव, तनहुँको देवघाट, विष्णुपादुका लगायतका तीर्थस्थल) पुगेर स्नान गरी उनीहरु (पितृ) को नाममा श्राद्ध, तर्पण र सिदा दान गरी अध्यात्मिक चिन्तनबाट सम्झना गर्ने गर्दछन् । साथै पिताको नाममा पितालाई शान्ति मिलोस्, पितृलोकमा सहज वास होस्, विष्णुबैकुण्ठ लोकको गमन होस्, लगायतका कामना पनि गर्ने गर्दछन् । यसो गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने धार्मिक मान्यता रहिआएको छ ।

विशेषगरी कुशे औँसीको दिन गोकर्णेश्वर महादेव, तनहुँको देवघाट, विष्णुपादुका लगायतका तीर्थस्थलमा दिवंगत पिताका नाममा तर्पण तथा सिदादान गर्नेहरुको ठुलो घुइँचो लाग्ने गर्छ ।

कुशे औँसीकै दिन हिन्दू धर्मालम्बीहरुले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश पनि घर–घरमा भित्र्याउने गर्दछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरुद्वारा पूजा गरी छेदन गरिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । कुशलाई भगवान विष्णु (लालनपालन कर्ता) को प्रतीक पनि मानिन्छ । कुशे औँसीका दिन उखेलिएको कुश वर्षभरी प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रमा उल्लेख छ ।

कुशको उत्पत्ति र अर्थलाई शास्त्रमा यसरी परिभाषित गरिएको छः

कुशको उत्पत्ति ब्रह्माजीको उत्पत्तिसँगै भएको हो। त्यसैले इन्द्रादि देवताहरू पनि कुशको प्रयोग गरेर कुशको पवित्र धारण गरेर मात्र यज्ञ, व्रत, तप आदि गरेको प्रसंग पुराणहरूमा धेरै पाइन्छ। कुश–पवित्र धारण गरेको विप्रादि व्यक्ति इन्द्रको बज्र, नारायणको सुदर्शन चक्र, एवं भगवान् शंकरको त्रिशूलसमान नै शक्तिशाली मानिन्छ।

भगवानले वराह अवतार लिएर पृथ्वीको उद्धार गर्ने क्रममा हिरण्याक्ष दैत्यलाई वध गर्नुभयो र त्यसपछिको थकाइ मेट्नका लागि समुद्रकिनारमा जानुभयो। त्यहाँ आराम गर्दा झरेका वराह भगवानका रौंहरू नै पछि कुश एवं काश भएर उम्रिए। यसरी भगवान् वराहबाटै कुशको उत्पत्ति भएको प्रसङ्ग शास्त्रमा पाइन्छ।

चाणक्यका अनुसार यी आमाबुवा शत्रु समान हुन्छन्

भनिन्छ, आमा र बुवा यस्ता व्यक्ति हुन् जसले आफ्ना सन्तान आफूभन्दा सफल भएको हेर्न चाहन्छन् । आफूभन्दा खुसी भएको हेर्न चाहन्छन् । आफूभन्दा प्रसिद्ध भएको हेर्न चाहन्छन् ।

आमाबुवाले नै छोराछोरीका लागि सबै कुरा त्याग्छन् । त्यसैले त आमाबुवालाई देवता समान भन्ने गरिन्छ । शिव पुराणमा पनि बुवाआमाको महिमालाई बुझाउँदै आमाबुवा संसारभन्दा महान् हुन् भनिएको छ । कथाको सार यस्तो छ- भगवान शिवले आफ्ना दुई पुत्र गणेश र कुमारको दक्षता र बुद्धि परीक्षण गर्ने हेतुले दुवैलाई एउटा प्रतिस्पर्धामा उतार्छन् । उनीहरुलाई भनिन्छ, कसले चाँडै पृथ्वीको फन्को लगाउन सक्छ, उसैले बाजी जित्छ ।

कुमार आफ्नो बाहन मयूरमा चडेर तुरुन्तै पृथ्वीको फन्को लगाउन थाल्छन् । यता गणेश आफ्नो बाहन मुसामा चढेर पृथ्वी फन्को लगाउन समर्थ हुँदैनन् । अन्ततः उनले आफ्नै माता पिताको फन्को लगाउँछन् । जित गणेशको हुन्छ ।

धार्मिक हिसाबले जेसुकै भएपनि यो कथाले आमाबुवाको महत्वलाई दर्शाएको छ । छोराछोरीले सबैभन्दा श्रद्धा गर्नलायक पात्र भनेकै आमा र बुवा हुन् । तर, के तिनै आमाबुवा सन्तानका लागि शत्रु समान हुन्छन् ?

आचार्य चाणक्यले यस सम्बन्धमा केही कुरा बताएका छन् । आचार्य चाणक्य महान नीतिकार थिए । उनीसँग अथाह ज्ञानको भण्डार थियो । उनी अत्यन्तै समझदार र ज्ञानी थिए । कुटनीतिक क्षमतामा पनि उत्तिकै अब्बल उनले एक शासकलाई हटाएर नयाँ साम्राज्यको स्थापना गरेका थिए ।

चाणक्यले यस्तो नीति बताएका छन् जो व्यवहारिक छ र त्यसलाई मान्छेले जीवनमा कुनैपनि बेला प्रयोग गर्न सक्छन् । आचार्य चाणक्यले आफ्नो एक नीतिमा यस्ता व्यक्तिको बारेमा उल्लेख गरेका छन्, जो सबैभन्दा ठूलो शत्रु हुनसक्छ ।

यस्तो पिता शत्रु बराबर

ऋणकर्ता पिता शत्रुर्माता च व्यभिचारिणी ।

भार्या रुपवती शत्रुः पुत्रः शत्रुरपण्डितः ।।

चाणक्यले यस श्लोकअनुसार ऋण लिने वा आफ्ना सन्तानलाई ऋणको भार बोकाउने पिता शत्रु बराबर भनेका छन् । एक पिताको धर्म आफ्नो बालबच्चालाई राम्रो ढंगले लालनपालन गर्नु हो । यदि पिता स्वयम् ऋणको बोझ झेल्दैछ भने यो बच्चाका लागि कष्टदायी हुन्छ । यदि पिताले ऋण चुकाउन सकेनन् भने त्यो बोझ बच्चाको टाउकोमा थोपरिन्छ । यस्तो पिता कुनै शत्रुभन्दा कम नहुने चाणक्यले बताएका छन् ।

आफ्ना सन्तानलाई सही रुपमा शिक्षादीक्षा नदिलाउने पिता पनि शत्रु बराबर हो ।

यस्ती आमा शत्रु बराबर

कतिपय माता आफ्ना सबै बच्चाको लागि समान हुँदैनन् । उनीहरु आफ्नै कोखको बच्चालाई पनि भेदभाव गर्छन् । उनीहरु आफ्ना बच्चालाई सही हिसाबले हेरचाह गर्दैनन् । यस्तो महिला आफ्ना बच्चाका लागि घातक हुन्छ । पतिबाहेक अन्य पुरुषसँग सम्बन्ध बनाउने माताले घरपरिवारलाई तहसनहस बनाउँछ । यस्ती आमा पनि शत्रु बराबर हुन्छन् भनिएको छ ।

यस्ता सन्तान शत्रु बराबर

खराब आमाबुवा मात्र सन्तानका लागि शत्रु हुँदैनन् । कतिपय सन्तान पनि आमाबुवाका लागि शत्रु बराबर हुन्छन् । ति सन्तातले आमाबुवालाई सन्तोष र सुख होइन, पीडा र कष्ट दिन्छन् । चाणक्यका अनुसार मूर्ख सन्तान कुनैपनि माता पिताका लागि शत्रुभन्दा कम हुँदैन । यदि कुनै परिवारमा यस्तो सन्तान जन्मिएमा उसले जीवनभर कष्ट दिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah