‘कलाकार देशका गहना होइनन्, देशका अंग हुन् । सजावटका सामानझैं नहेरौँ,’ औपचारिक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेशपछि अभिनेत्री रेखा थापाले आफू सक्रिय राजनीतिमा प्रवेश गर्नुको सन्दर्भलाई जोड्दै यस्तो अभिव्यक्ति दिएकी थिइन् । देशमा स्थानीय चुनावको सरगर्मी छ । पार्टी प्रवेश गरेका रेखा, कोमल वली, करिष्मा मानन्धरसँगै राजेश हमाल चुनावको चर्चामा आए । रेखा काठमाडौंमा उपमेयर र कोमल तुलसीपुरमा मेयरको आकांक्षी भएको समाचार आए । केही समययता राजनीति र कलाकारबीच खुलेर निकटता बढ्न थालेको छ ।

कलाकारले राजनीति गर्नुको पछाडि ‘जनताको सेवा गर्न’ भन्ने एकमत देखिएको छ । उनीहरूलाई पार्टीमा भित्र्याउनुको अन्तर्य भोट र प्रभाव बढाउनु हो । एमाले सचिव प्रदीप ज्ञवालीको भनाइबाट पनि यही कुरा पुष्टि हुन्छ । ‘उहाँहरूको सीपले समाजको सांस्कृतिक उचाइ बढाउन मद्दत गर्छ । पार्टीमा उहाँहरू आउँदा सो क्षेत्रलाई के गर्ने सकिन्छ भन्नेमा उहाँहरूले राम्रो भूमिका खेल्न सक्नुहुन्छ,’ उनी भन्छन् । राप्रपाका सहमहामन्त्री राजाराम बर्तौला कलाकारको प्रवेशले जनतामा पार्टीका एजेन्डा लैजान सहज हुने बताउँछन् ।

rajesha_1

आफू ग्ल्यामर क्षेत्रबाट आएको भए पनि राजनीतिलाई फेसनको रूपमा नलिएको करिष्माको भनाइ छ । ‘म राजनीतिमा पहिलेदेखि रुचि भएकी मान्छे होइन । बाबुरामजी र उहाँको सोचबाट प्रभावित भएर राजनीतिमा लागेकी हुँ’, उनी भन्छिन् । रेखा भने समाजको सेवाका लागि राजनीतिमा लागेको बताउँछिन् । ‘धेरैभन्दा धेरै जनताका आकाक्षां पूरा गर्ने काम राजनीतिबाट सम्भव भएकाले आएकी हुँ,’ उनले थपिन् ।अभिनेता राजेश हमाल राजनीतिप्रति आफ्नो आकर्षण रहे पनि सक्रिय राजनीतिमा नलाग्ने बताउँछन् ।

भन्छन्, ‘मैले राजनीति गर्ने सम्भावनालाई पूर्ण रूपमा बन्द गरेको छैन । यद्यपि, राजनीति गर्न कुनै पार्टी विशेषमा आबद्ध हुनुपर्छ भन्ने छैन, तीभन्दा बाहिर बसेर पनि राजनीति गर्ने ठाउँहरू छन् ।’ वाम विश्लेषक मुमाराम खनाल भने कलाकारहरूको राजनीति प्रेमलाई संक्रमणकालीन राजनीतिले ल्याएको लहर ठान्छन् । उनका अनुसार नेपालमा मात्र होइन, विश्वमा राजनीति संक्रमणको अवस्थामा पुगेको बेला गैरराजनीतिक क्षेत्रमा रहेका धेरैलाई केही गर्छु भन्ने भावनाले राजनीतिमा धकेल्ने गरेको छ ।’

राजनीति र कलाकारबीच खुलेर निकटता बढ्न थालेको छ। कलाकारलाई पार्टीमा भित्र्याउनुको अन्तर्य भोट र प्रभाव बढाउनु हो।

एमालेबाट दोस्रो निर्वाचनका लागि पहिले प्रत्यक्षतर्फ र पछि समानुपातिकमा थन्काइएका अभिनेता भुवन केसीले बाबु, बाजेको पालादेखि नेताहरूबाट देश बनाउने कुरा सुनेको तर आफ्नो छोराको बेलासम्म पनि देशको हालत उस्तै रहेकोले राजनीतिमा होमिएको बताउँछन् । यससँगै उनले पार्टीको कलाकारलाई गर्ने व्यवहार भने ‘थपनाका देउता’जस्तो एक कुनामा थन्काइने गरिएको दुःखेसो पनि पोख्छन् । राप्रपा महाधिवेशनमा कोमल तथा रेखाले सर्वाधिक मत पाए । तर, कार्यसमितिमा भने उनीहरूलाई कुनै जिम्मेवारी दिइएन ।

karisma

कोमल पार्टीको यस्तो रवैयाप्रति घुमाउरो असन्तुष्टि व्यक्त गर्छिन्, ‘जुन दिन नेतृत्वले त्यसका लागि योग्य देख्ला, त्यो दिन जिम्मेवारी पनि देला ।’ सन् १९८० मा अमेरिकामा राष्ट्रपति निर्वाचित रोनाल्ड रेगन दुई पटक अमेरिकी राष्ट्रपति चुनिए । भारतमा पनि थुप्रै फिल्म कलाकार मूल राजनीतिमा सफल÷असफल भएका उदाहरण छन् । कंग्रेस आईबाट राजनीतिमा होमिएका नायक अमिताभ बच्चन हतियार खरिद घोटालामा मुछिएपछि राजनीतिबाट ओझेल भए । हाल बच्चन परिवारबाट जया बच्चन राजनीतिमा सक्रिय छिन् । दक्षिण भारतीय फिल्ममा सुन्दरी नायिका कहलिएकी जय ललिताले तमिलनाडुमा सन् १९९१ देखि निधन नहुँदासम्म २५ वर्ष मुख्यमन्त्रीका रूपमा राज गरिन् ।

komal

उनी तमिलनाडुभर ‘अम्मा’ उपनामले प्रसिद्ध थिइन् । शत्रुघ्न सिन्हा, गोविन्दा, हेमा मालिनी, धर्मेन्द्र, जयापर्दा आदि पनि राजनीतिमा आएका केही चर्चित बलिउड सुपरस्टार हुन् । पछिल्लो समय सत्तासीन भारतीय जनता पार्टी (बीजेपी)की उपाध्यक्ष स्मृति इरानी पनि अभिनेत्री नै हुन् । महिला विभागकी प्रमुखसमेत रहेकी इरानीले अहिले कपडा मन्त्रालय सम्हालिरहेकी छन् । नेपाली कलाकारलाई पार्टीको सांस्कृतिक विभागमा खुम्च्याइएको देखिन्छ । यस परिदृश्यमा नेतृत्व भूमिकामा पुग्न राजनीतिमा लागेका कलाकारका लागि सजिलो देखिएको छैन । दलहरूको मनोविज्ञान कलाकारलाई अंग बनाउनेभन्दा पनि गहना बनाउनेमै रहेको देखिन्छ ।

अन्नपूर्ण पोस्ट बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah