काठमाण्डौ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राति ८ बजेर ५६ मिनेट जाँदा एउटा ट्वीट गरे । उनको ट्वीट सामाजिक सञ्जालका लागि कुनै खुराकभन्दा कम थिएन ।

मोदीले ट्वीट गर्दै भने, ‘यही आइतबारदेखि फेसबक, ट्विटर, इन्स्टाग्राम र युट्युबलगायत सामाजिक सञ्जाल छोड्ने बारेमा सोचिरहेको छु ।’

अहिले प्रधानमन्त्री मोदीको ट्विटर ह्याण्डल @narendramodi लाई पाँच करोड ३३ लाखभन्दा धेरै मानिसहरुले फलो गरिरहेका छन् ।

फेसबुकमा मोदीको एकाउन्टलाई चार करोड ४७ लाखभन्दा धेरैले फलो गरिरहेका छन् भने इन्स्टाग्रा एकाउन्टमा तीन करोड ५२ लाखले फलो गरिरहेका छन् ।

मोदीको लोकप्रियता युट्युबमा पनि कम छैन । चार करोड ५१ लाखभन्दा धेरैले उनको युट्युब एकाउन्ट सब्सक्राइब गरेका छन् ।

यद्यपि मोदीले यसको बारेमा कुनै कारण बताएका छैनन् । साथै उनले आफ्नो सामाजिक सञ्जालको खाता हटाउने, निष्क्रिय रहने र टाढा रहनेबारेमा बताएका छैनन् ।

उनको ट्वीटपछि सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो लागेको छ ।

काङ्ग्रेस नेता तथा पार्टीका पूर्वअध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री मोदीको ट्वीटमा प्रतिक्रिया दिँदै रिट्वीट गरेका छन् । उनले लेखेका छन्, ‘तिरस्कार छोड्नुस् न कि सामाजिक सञ्जाल ।’

राहुल गान्धीको ट्वीटमा त्रिपुराका मुख्यमन्त्री बिप्लब कुमार देबले प्रतिक्रिया दिएका छन् । उनी लेख्छन्, ‘यही कारण सोनिया गान्धीको कुनै पनि सामाजिक सञ्जाल प्लेफर्ममा एकाउन्ट छैन ।’

काङ्गेस नेता रनदीप सिंह सुरजेवालाले ट्वीट गर्दै प्रधानमन्त्री मोदीलाई सल्लाह दिएका छन् ।

वरिष्ठ पत्रकार राजदीप सरदेसाई, आम आदमी पार्टीका नेता सोमनाथ भारती, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि प्रतिक्रिया जनाएका छन् ।

अभिनेत्री रुपा गाङ्गुलीले ट्वीट गर्दै प्रधानमन्त्री माेदीलाई यसो नगर्न भनेकी छिन् । उनी लेख्छिन्, ‘ कृपया तपाईँ मानिसहरुसँग संवाद गर्न बन्द नगर्नुस् ।’

ट्विटर प्रयोगकर्ताहरु #NoSir #NarendraModi #Social Media ह्याशट्यागसँगै आफ्नो प्रतिक्रिया जनाउँदै पोस्ट गरिरहेका छन् ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah