उत्तर कोरियाको फेशनविरोधी गश्ती ग्युचालदाएसँग जम्काभेट नहोस् भनी नारा काङ मूल सडकमा नभई गल्लीमा हिँड्ने गर्थिन् ।
‘मैले अनुहारमा मेकअप गर्दा गाउँका वृद्धहरू पूँजीवाद पोत्ने पातर्नी भनी मलाई गाली गर्थे,’ काङ सम्झिन्छिन् । ‘राम्रो भएर हिँड्ने सबैलाई प्रत्येक १० मिटरको अन्तरमा गश्ती इकाइहरूले पैदलयात्रीलाई रोक्ने गर्थे ।’
‘हामीहरूलाई चाँदीको औंठी र ब्रासलेट लगाएर हिँड्ने अनुमति थिएन,’ उनले भनिन् । ‘अनि हामीले कपाल रंगाउन पनि पाउँदैनथियौं र खुला छोड्न पनि पाउँदैनथियौं ।’
उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएकी काङसँग कुरा गर्दा मिनिस्कर्ट, अंग्रेजी भाषाका अक्षर लेखिएका शर्ट र कसिलो जीन्सलाई पूरै पश्चिमा लुगा भन्दै त्यो लगाउनेलाई साना जरिवाना, सार्वजनिक बेइज्जती वा सजाय दिइने बताइन् । तर फरक फरक क्षेत्रमा नियमहरूमा अन्तर छ ।
गरिएको भनिएको कसूर वा गश्ती इकाइमा सजाय आधारित हुन्थ्यो । केही कसूरदारलाई शहरको बीचमा रहेको चोकमा उभिन लगाइन्थ्यो र अधिकारीहरूले कठोर आलोचना गर्थे । अन्यलाई कठोर परिश्रम गर्न लगाइन्थ्यो ।
कठोर नियन्त्रण भएको राज्यमा बसे पनि उत्तर कोरियालीहरूले देशबाहिरका फेशनलाई अपनाउने गरेको काङको भनाइ छ । सौन्दर्य प्रसाधनको कालोबजारी हुने गरेको उनी बताउँछिन् । सीएनएनबाट



