उदी अरबले रुसविरुद्ध मूल्ययुद्ध शुरू गरेर बजारलाई स्तब्ध बनाएपछि सोमवारदेखि तेलको मूल्य घटेको छ ।

अमेरिकामा तेलको मूल्य २७ प्रतिशतसम्म घटेर प्रतिब्यारल ३० डलरमा झरेको छ । साउदी अरबले मार्केट शेयरलाई पुनः कब्जामा लिन बजारमा कच्चा तेलको प्रवाह बढाउन खोजेको व्यापारीहरूको धारणा छ ।

तेल निर्यातक मुलुकहरूको संगठन ओपेक र रुसबीच तेलमा शुक्रवार साझेदारी भत्किएपछि यो अवस्था आएको हो ।

कोरोनाभाइरसका कारण अस्तव्यस्त भएको तेल बजारलाई उद्धार गर्ने ओपेकको प्रयासलाई समर्थन गर्दै तेल उत्पादन घटाउन रुसले मानेन । भिएनामा यससम्बन्धी भएको बैठक विफल भएपछि तेल उद्योग स्तब्ध बनेको छ ।
कोरोनाभाइरस फैलिएसँगै कच्चा तेलको माग ह्वात्तै घटेकाले तेलको मूल्य पहिलेदेखि नै घटिरहेको थियो ।

तर साउदी अरबले मार्केट शेयर पुनः नियन्त्रणमा लिन तथा रुसमाथि दबाब दिन बिक्री मूल्य ६ डलरबाट ८ डलर पुर्‍याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah