कोरोनाभाइरसको संक्रमण संसारभरी तीब्र रुपमा फैलिरहेको छ । भारतमा पनि यसको संक्रमण दिनानुदिन बढ्दो छ । बुधबार दिल्लीको सफदरजंग अस्पतालमा कोरोनाका संदिग्ध बिरामीले आत्महत्या गरेका छन् । ती व्यक्तिले अस्पतालबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

यद्यपि, अस्पतालको जनसम्पर्क अधिकारी दिनेश नारायणले ती व्यक्ति कोरोनाभाइरसको बिरामी भए नभएको पुष्टिसमेत नभइसकेको जानकारी दिए ।

दिल्लीको पुलिस अधिकारीका अनुसार ती व्यक्ति ३५ वर्षका थिए र उनले अस्पतालको सातौं तल्लाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

बिरामी टाउको दुखेर अस्पताल गएका थिएः

अस्पताल प्रशासनका अनुसार बिरामी संक्रमणको आशंकाका कारण बुधबार राती ९ बजे अस्पतालमा भर्ना भएका थिए । उनी अष्ट्रेलियाको सिड्नीबाट भारत फर्किएका थिए र टाउको दुखेका कारण अस्पताल पुगेका थिए । एयरपोर्टका अधिकारीले उनलाई तुरुन्त अस्पताल लिगेको र आइसोलेशनमा वार्डमा राखिएको थियो ।

एक वर्षदेखि सिड्नीमा बसिरहेका थिएः

अस्पताल स्रोतका अनुसार बिरामीको स्याम्पल परीक्षणका लागि पठाइएको र रिपोर्ट आइसकेको थिएन । यसैबीच अस्पतालले आधिकारिक बयानमा ती व्यक्ति एक वर्षदेखि सिड्नीमा बसिरहेको जानकारी दिए । उनी बुधबार भारत फिर्ता भएका हुन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा जब अधिकारीले उनको परीक्षण गरे तब उनले टाउको दुखेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah