
काठमाडौं । निर्वाचन आयोगले आज बिहीबारबाट मतदाता परिचय पत्र वितरण सुरु गरेको छ । पहिलो चरणमा स्थानीय तह निर्वाचन हुने प्रदेश नम्बर ३, ४ र ६ मा ३१ गते आइतबार मतदान हुँदैछ । त्यसको तीन दिन अघिबाट मतदाता परिचय पत्र वितरण सुरु गरिएको हो ।
सबै स्थानीय तहको मतदान केन्द्रहरुबाटै मतदाता परिचय पत्र वितरणको व्यवस्था मिलाइएको छ । फोटो सहितको मतदाता परिचयपत्रमा बाहकको नाम, जन्ममिति, नागरिकता नम्बर र जिल्ला, बाबु–आमाको नाम, पति वा पत्नीको नाम, ठेगानाका साथै मतदान केन्द्र समेत खुलाइएको छ ।
सुरक्षा प्रयोजनका लागि क्यूआर कोडका साथै प्यान्टोग्राफ, मोइक्रोटेक्स्ट र डिफ्यूज फ्रिन्टिङ जस्ता प्रविधि पनि परिचयपत्रमा जडान गरिएको छ । जसका कारण कसैले परिचयपत्र फोटोकपी वा अन्य प्रविधिबाट निकालेमा सहजै छुट्याउन सकिनेछ । साभार :- अन्लाईनखबर



