नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ को विश्वव्यापी महामारीका कारण १० हजार भन्दा बढी व्यक्तिको ज्यान जाने देशको सूचिमा स्पेन पनि सामेल भएको छ । इटालीपछि स्पेनमा १० हजार भन्दा बढीको मृत्यु भएको हो ।

स्पेनमा बिहीबार एकै दिन ९६१ जनाको मृत्यु भएसँगै कुल मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको हो । स्पेनमा एकै दिन कोभिड–१९ का कारण यति धेरैको मृत्यु भएको यो पहिलो पटक हो ।

स्पेनमा अहिलेसम्म एक लाख १२ हजार ६५ जनामा संक्रमण पुष्टि भएको छ । इटालीमा कुल मृत्यु हुनेको संख्या १३ हजार ९१५ तथा अमेरिकामा ६ हजार ६२ रहेको छ ।

कुल संक्रमितको संख्या इटालीमा एक लाख १५ हजार २४२ तथा अमेरिकामा दुई लाख ४४ जहार ३२० रहेको छ।

विश्वभर अहिलेसम्म १० लाख १४ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ र मृत्यु हुनेको संख्या ५३ हजार १५८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah