भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान गरिएको भिडियो सन्देशमा महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै सबैभन्दा धेरै प्रभावित गरिबको निराशालाई आशातर्फ लैजानुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले भने, ‘यो संकटका कारण जुन अन्धकार र अनिश्चितता पैदा भएको छ त्यो चिर्दै उज्यालोतर्फ लम्कनुुछ । यसलाई पराजित गरेर प्रकाशको तेजलाई चारै दिशामा फैलाउनु छ त्यसकारण आइतबार (अप्रिल ५) मा हामी सबै मिलेर कोरोनाको संकटको अन्धकारलाई चुनौती दिनुछ ।’

उनले थपे, ‘५ अप्रिलमा १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लैजानुछ । ५ अप्रिल राती ९ बजे म तपाईंहरुको ९ मिनेट चाहन्छु । ५ अप्रिलमा घरको बत्ती बन्द गरेर ढोका वा बाल्कोनीमा उभिएर मैनबत्ती, दियो, टचए वा मोबाइल फ्ल्यासलाइटलाई ९ मिनेटसम्म बाल्नुहोस् ।’

यसबाट प्रकाशको महाशक्ति उजागर हुने बताउँदै उनले भने, ‘यो प्रकाशमा हामी एके छैनौं भनेर संकल्प गरौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah