काठमाडौं। कोरोनाभाइरसविरुद्ध औषधी र खोप बनाउन जुटिरहेका विश्वभरीका देशहरुलाई उछिन्दै चीनले ठूलो सफलता हात पारेको छ । चीनबाटै सुरु भएको यो भाइरस नियन्त्रण अभियानमा पनि चीन नै सबैभन्दा अगाडि देखिएको हो । उसले यो भाइरसविरुद्ध बनाएको खोपको मानवमै गरेको परीक्षण सफल भएको हो । यससँगै अब यो भाइरस नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ । यो खबर डिसी नेपाल मा रहेको छ

चीनले गएको १७ मार्चमा यो भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल सुरु गरेको थियो । अहिले यो परीक्षणको एकदमै सकारात्मक रिपोर्ट आएको बेलायती पत्रिका डेलिमेलले लेखेको छ । चीनले यो भ्याक्सिनको क्लिनिकल ट्रायलको लागि १०८ स्वयंसेवकलाई छानेको थियो । यो परीक्षणका लागि छानिएका स्वयंसेवकमध्ये १४ जनाले खोपको परीक्षण अवधि पूरा गरिसकेका छन् । १४ दिनसम्म क्वारेन्टाइनमा राखिएपछि उनीहरुलाई आ–आफ्नो घर पठाइसकिएको छ । यी सबै परीक्षण चीनको वुहान शहरमा गरिएको छ जहाँबाट कोरोनाभाइरस फैलिन सुरु भएको थियो ।

भ्याक्स्निको परीक्षणपछि घर पठाइएका १४ जना नै पूर्ण रुपमा सुरक्षित र स्वस्थ पाइएका छन् । यीसबै जना अझै पनि मेडिकल निगरानीमै छन् । यो भ्याक्सिनलाई चीनको पिपुल्स लिबरेशन आर्मीकी सबैभन्दा बरिष्ठ वैज्ञानिक चेन वी र उनको टिमले विकास गरेको हो । परीक्षण गर्नका लागि छानिएका १०८ स्वयंसेवकहरु १८ वर्षदेखि ६० वर्ष उमेर समूहका छन् । यी सबैलाई तीन समूहमा बाँडिएको छ । तीनै समूहका स्वयेंवकहरुलाई भ्याक्सिनको फरक फरक मात्रा दिइएको छ । यी सबैलाई वुहान स्पेसल सर्भिस हेल्थ सेन्टरमा क्वारेन्टाइनमा राखिएको छ ।

यी सबैलाई फरक फरक दिन खोप दिइएकोले क्वोन्टाइन समय पूरा हुँदासम्म त्यहीँ बस्नुपर्नेछ र क्वारेन्टाइन अवधि पूरा भएपछि घर जान पाउनेछन् । आगामी केही हप्तामा सबै १०८ जना नै घर जान पाउनेछन् । क्वारेन्टाइन अवधि पूरा गरेर घर गइसकेका १४ जनालाई अझै ६ महिनासम्म मेडिकल निगरानीमा राखिनेछ । हरेक दिन उनीहरुको मेडिकल टेस्ट हुनेछ । यो ६ महिनामा यदि उनीहरुको शरीरमा कोरोनाभाइरसको संक्रमण भएमा उनीहरुको शरीरले कसरी प्रतिक्रिया दिन्छ भन्ने हेरिनेछ ।

जब उनीहरुको शरीरमा कोरोनाभाइरससँग लड्ने क्षमता विकास हुनेछ अर्थात उनीहरुको शरीरमा भाइरससँग लड्ने एन्टिबडी बन्न थाल्नेछ त्यसपछि उनीहरुको रगतको नमूना लिएर भ्याक्सिनलाई बजारमा पठाइनेछ । वैज्ञानिक चेन वीका अनुसार पहिलो परीक्षण लगभग सफल भएको छ । उनले यो भ्याक्सिनको क्षमता पूर्ण रुपमा थाहा भएपछि अन्तर्राष्ट्रिय स्तरमा सम्झौता गरेर विश्वभर पठाउने बताइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah