युक्रेनमा गालिना नामक एक महिलाले छोरी जन्माएको केही घन्टापछि नै कोरोनाभाइरसका कारण ज्यान गुमाएकी छन् ।

ती ३६ वर्षीया महिलालाई पश्चिमी युक्रेनमा रहेको इभानो–फ्रांकिव्स्क शहरको प्रसूतिगृहमा राखिएको थियो । त्यहाँ नै उनलाई कोरोना लागेको बताइएको छ ।

मार्च १० मा उनी प्रसूतिगृहमा भर्ना भएकी थिइन् । त्यतिखेर उनमा भाइरसको कुनै लक्षण देखिएको थिएन । तर त्यहाँ १९ दिन बस्दा उनी गम्भीर बिरामी भइन् ।

 

स्थानीय स्वास्थ्य अधिकारीहरूका प्रवक्ता भोलोदीमीर चेम्नीले पत्रकार सम्मेलनमा भने, ‘मार्च २९ मा महिलाको स्वास्थ्य स्थिति बिग्रियो । उनको रगतमा अक्सिजनको मात्रा स्वाट्टै घट्यो । उनलाई १०२.२ ज्वरो आयो । उनलाई सास फेर्न गाह्रो हुन थाल्यो र निमोनिया पनि लाग्यो । पछि उनलाई कोरोनाभाइरस पोजिटिभ पाइयो ।’

त्यसै साँझ गालिनाले साढे २ किलोकी स्वस्थ बालिकालाई जन्म दिइन् । उनको स्वास्थ्यस्थिति बिग्रिएपछि सघन उपचार कक्षमा लगियो र भेन्टिलेटरमा राखियो ।

 

गालिनाकी नातेदार ओक्साना स्तासेभिचले भनिन्, ‘उनको मृत्यु हुन लागेको छ भनी हामीलाई भनियो । उनीहरूले हामीलाई उनी रहेको वार्डमा पसेर अलबिदा भन्न दिए ।’

गालिानालाई प्रसूतिगृहमै कोरोनाभाइरस लागेको र त्यहाँका कर्मचारीको हेल्चेक्य्राइँका कारण उनको मृत्यु भएको आरोप स्तासेभिचले लगाइन् ।

स्वास्थ्यकर्मीहरूले सुरक्षा उपकरण नलगाएको उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah