युएई । कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ।

रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ ।

४० वर्षीया पराजुली उनी कार्यरत घरमै गत शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी थिइन्। मृतक बिनुलाई तुरुन्त अस्पताल लगिएको तर अस्पतालले शुक्रबार नै मृत घोषणा गरेको थियो।

मृत्यु हुनु केही दिनअघि उनी अस्पतालमा जाँचका लागि पुगेपनि केही औषधि लिएर काम गर्ने घरमै आरामरत थिइन् ।

दुबईस्थित अल रफ्फा प्रहरी चौकीले उनको मृत्यु कोरोना संक्रमणबाट भएको स्वास्थ्य रिपोर्ट सोमबार श्रीमान डोलराज पराजुलीलाई उपलब्ध गराएको थियो।

उनी ९ वर्षदेखि दुबईमा कार्यरत थिइन्। पछिल्लो समयमा उनी काम चेन्ज गर्ने भन्दै भिजिट भिषामा बरदुबईस्थित एक भारतीय नागरिकको घरमा काम गर्दै आएकी थिइन्। उनको श्रीमान डोलराज एक महिनादेखि भिजिट भिसामा युएईमा नै थिए।

कोरोनाको सन्त्रासको बेला मृतकको शव नेपाल लान नसक्ने भएकाले यतै दाहसंकार गर्ने बिनुका आफन्त हेमराज भण्डारीले रातोपाटीलाई बताए।

यता नेपाली दुतावास युएईका उपनियोग प्रमुख तथा प्रवक्ता रिता धितालले भने यो विषयमा जानकारी आइनसकेको बताइन् ।

युएईमा ११ नेपाली संक्रमित भएका छन् । २ जना भने निको भइसकेका छन् । स्रोत: रातो पाटि बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah