फिलिपिन्समा ६३ वर्षीय एक व्यक्तिले कोरोनाभाइरस लकडाउन नियम उल्लंघन गरेपछि प्रहरीले गोली प्रहार गरेर मारेको छ । ती व्यक्तिलाई सम्झाउँदा हिंस्रक व्यवहार देखाएपछि प्रहरीले गोली चलाएको हो ।

उक्त व्यक्ति मास्क नलगाइकन हिँडेको थियो र उसलाई चेकपोइन्टमा गाउँको एक स्वास्थ्यकर्मीले चेतावनी समेत दिएका थिए । घटना आगुसान देल नोर्तेको नासिपिट भन्ने ठाउँमा बिहीवार भएको हो ।

मास्क लगाऊ भन्दा ऊ आक्रामक भयो र अधिकारीहरू तथा प्रहरीलाई हँसिया देखाएर तर्साउन खोज्यो ।

घटना भएको बेलामा उक्त व्यक्ति रक्सीले टिल्ल परेको बुझिएको छ । सम्झाउँदा नमानेपछि उसलाई एक प्रहरी अधिकारीले गोली हानेर मारेका थिए ।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा लगाइएको कडा लकडाउनको उल्लंघन गर्नेलाई गोली हान्न प्हरी तथा सेनालाई आदेश दिने भनी घोषणा गरेको भोलिपल्टै यो घटना भएको हो ।

कोरोनाभाइरसका कारण फिलिपिन्समा १६० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah