काठमाडौं – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम र नियन्त्रण गर्न गरिएको लकडाउनका कारण अहिले सबै मानिसहरु घरमै छन् । यस समय घरमै बसिरहदा ओठ फुट्ने समस्या पनि हुनसक्छ । यदि तपाइको पनि ओठ फुटेर चहराउने, दुख्ने भएको छ भने विभिन्न घरेलु उपाय अपनाउन सकिन्छ ।
यदि तपाइको ओठ फुटेको छ भने ओठमा जिब्रो लादै नलानुस् । यस्तो बेला ओठमा जिब्रो लगेमा झन दुख्ने हुन्छ । तपाइको ओठ फुट्ने समस्या भइरहेका पानी प्रशस्त पिउनुपर्दछ । ओठ फुटेमा गुलाबजलको प्रयोग गर्न सकिन्छ ।
एक चम्चा गुलाबजलमा तीन–चार थोपा ग्लिसिरिन मिलाएर ओठमा दल्दा ओठको समस्या समाधान हुन्छ । ओठ फुटेमा थोरै घिउ वा नरिवलको तेल लिएर लगाएमा पनि ठिक हुन्छ । ओठमा घिउ वा नरिवलको तेल भने नियमित लगाउनुपर्दछ । त्यस्तै ओठ फुटेमा ओठमा मह लगाएमा पनि ठिक हुन्छ ।
ओठमा लिप गार्ड र लिपस्टिक लगाउँदा पनि ओठ फुट्ने समस्या हट्छ । त्यस्तै सस्र्युंको तेल लगाएमा पनि ओठ फुट्ने समस्या हुदैन । बिहान बिहान सस्र्युंको तीन–चार थोपा तेलले नाडी मालिस गरेमा ओठको समस्या समाधान हुनछ ।



