कोरोना भाइरसका कारण म’र्नेको संख्या अमेरिकामा २८ हजार ५२९ नाघेको छ। बुधबारसम्म त्यहाँ मृ’तकको संख्या २८ हजार ५२९ पुगेको रोयटर्सले जनाएको छ।
अमेरिकाभर बुधबारमात्र २ हजार ४ सय ८२ जनाले ज्यान गुमाएका छन्। अमेरिका कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी प्रभावित मुलुक हो। यसैगरी संक्रमित संख्या ६ लाख ४४ हजार पुगेको रोयटर्सले उल्लेख गरेको छ।
अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको इटालीमा २१ हजार ६४५ जनाको निधन भएको छ भने संक्रमितको संख्या एक लाख ६५ हजार भन्दा बढी छ ।
स्पेनमा ज्या-न गुमाउनेको संख्या १८ हजार ८१२ तथा संक्रमित एक लाख ८० हजार भन्दा बढी रहेका छन् । यसैगरी फ्रान्समा १७ हजार १६७ जनाको निधन भएको छ भने एक लाख ४७ हजार मानिसमा संक्रमण पुष्टि भएको छ ।
बेलायतमा ज्या-न गुमाउनेको संख्या १२ हजार ८६८ तथा संक्रमित ९८ हजार भन्दा बढी रहेका छन् । जर्मनीमा ३८ सय चार जनाको ज्या-न गएको छ भने एक लाख ३४ हजार मानिस संक्रमित भएका छन् ।



