अमेरिकाको भर्जिनियाका पादरी जेराल्ड ग्लेनका चार आफन्तमा कोरोना भाइरसको संक्रमण फेला परेको छ । केही दिनअघि कोरोना संक्रमणकै कारण उनको निधन भएको थियो ।

चेस्टरफिल्डस्थित न्यु डेलिभरेन्स इभान्जेलिस्टीक चर्चका बिसोफ जेराल्ड ग्लेनले कोरोना भाइरसको महामारी चलिरहेका बेला पनि मानिसहरु भेला गरेर प्रार्थना गरिरहेकै थिए । ‘यो डरलाग्दो भाइरसभन्दा भगवान् (यशु) ठूलो हुनुुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ,’ २२ मार्चमा उनले प्रार्थनाका कारण आफ्नो मन्तव्य राख्दै भनेका थिए । उनले आफूलाई मृत्युसँग डर नभएको बताएका थिए ।
गत आइतबार उनको मृत्यु भएको चर्चले घोषणा गरेको थियो ।

यी पादरीकी छोरी मार्जेरी क्रलीले सीएनएनलाई बुधबार राति दिएको जानकारी अनुसार आफ्नो परिवारका शीर्ष सदस्य बित्दा पनि उनीहरु शोक समेत मनाउन सक्ने अवस्थामा छैन किनकी परिवारका अन्य सदस्यलाई हेरचाह गर्न भ्याइ–नभ्याइ छ ।

मार्जेरी, उनका श्रीमान्, उनकी आमा र बहिनीमा पनि कोरोना संक्रमण भेटिएको छ ।

महामारीका बाबजुद चर्चको सेवा सञ्चालन गरिरहने आफ्नो बाबुको निर्णयको उनले बचाउ गरिन् । उनले भाइरसको बास्ता नभएको भन्दै आफ्ना बाबुमाथि अनावश्यक आलोचना गरिएको बताए ।

‘उनले सामाजिक दूरीका लागि आवश्यक सतर्कता अपनाएका थिए र देशमा महामारी फैलिरहेका बेला उनले चर्चमा जानेहरुमा आशा जगाएका थिए,’ मार्जेरीले भनिन्, ‘जब उनले सेवा गर्ने निर्णय गरे, त्यतिबेलै लक्षणहरुबाट जानकारी गराउन र सेनिटाइजर प्रयोग गर्नेमा धेरै स्पष्ट थिए । पञ्जा लगाउने र मानिसहरुसँग कामका दौरान र कामपछि पनि भेला नगर्ने विषय समेत,’ मार्जेरीले भनिन्, ‘मानिसहरुलाई ६ फिट टाढा बस्न भनिएको थियो । परिवारका सदस्यसँगै बसे, यत्ति हो । प्रार्थनापछि कोही व्यक्तिबीच कुराकानी भएन र उनीहरु वरपर पनि भेला भएनन्, सबै छाडेर हिंडे ।’
उनले त्रासमा रहेका व्यक्तिहरुलाई आराम दिलाउनका लागि चर्चमा सेवा सञ्चालन गर्ने निर्णय आफ्ना बाबुले गरेको बताइन् ।

‘उहाँले ती व्यक्तिहरुलाई आशाको सन्देश दिन चाहनुभएको थियो । ठिक छ, यहाँ भाइरस छ छ भने भगवान् पनि हुनुहुन्छ, भगवान्ले हाम्रो रक्षा गर्नुहुन्छ भन्न खोज्नु भएको थियो ।’

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले सामाजिक दूरी कायम राख्न र ठूला भेला नगर्न चेतावनी दिनुका बाबजुद यी पादरीले चर्चमा सेवा सञ्चालन गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah