लकडाउनसँगै राष्ट्रिय निकुञ्जमा मानिसको चहलपहल घटेको छ । यति नै बेला दक्षिण अफ्रिकामा सिंहको बथान सडकमा निस्किएको छ ।
‘यो बथान प्राय निकुञ्ज आउने पर्यटकले देख्न नपाउनेगरी केम्पिआना कन्ट्राक्चुयल पार्कमा बस्थ्यो,’ क्रुगर राष्ट्रिय निकुञ्जले बुधबार ट्वीटरमा लेखेको छ,‘आजको मध्यान्ह उनीहरु अर्फेन रेस्ट क्याम्पबाहिर सडकमै सुतिरहेका थिए ।’
सामान्य दिनमा यो क्षेत्रमा पर्यटकको भीड हुन्थ्यों, तर २५ मार्चयता देशभर भइरहेको लकडाउनका कारण क्रुगर बन्द गरिएको छ ।




