नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) फैलिइसकेको अहिलेको अवस्थामा संक्रमणबाट आफूसँगै अरूलाई पनि बचाउन सेल्फ–क्वारेन्टाइन राम्रो विकल्प हो ।

संक्रमित होस् वा स्वस्थ मानिस, सबैले आफूलाई अन्य व्यक्तिबाट अलग राखेर संक्रमण फैलिने सम्भावना न्यून तथा रोगको पहिचान गर्न गरिने व्यक्तिगत पहल सेल्फ–क्वारेन्टाइन हो । यसमा कुनै पनि व्यक्ति – आफ्नो घरभित्र वा निश्चित कोठामा तोकिएको समयसीमासम्म अलग्गै बस्नुपर्छ ।

संक्रमित होस् वा स्वस्थ मानिस, सबैले आफूलाई अन्य व्यक्तिबाट अलग राखेर संक्रमण फैलिने सम्भावना न्यून तथा रोगको पहिचान गर्न गरिने व्यक्तिगत पहल सेल्फ–क्वारेन्टाइन हो ।

– क्वारेन्टाइनमा बसेकाले प्रयोग गरेका सामान अन्य व्यक्तिले प्रयोग गर्नु हुँदैन । त्यस्तै, आफू क्वारेन्टाइनमा रहेको सूचना दिन आवश्यक हुन्छ । क्वारेन्टाइन निश्चित समयका लागि हुने गर्छ । सामान्यतया, १४ दिनभित्रमा कुनै पनि लक्षण नदेखिएमा व्यक्ति घरपरिवारसँग बस्न सक्छ ।

संक्रमण देखिएका देशबाट नेपाल आएका व्यक्ति, संक्रमितकोे नजिक वा संक्रमितसँग नजिकिएको शंका लागेका व्यक्ति र सामान्य लक्षण देखिएका व्यक्ति करिब १४ दिनसम्म छुट्टै बस्न आवश्यक छ ।

यस्ता कुरा पालना गरौँ

परिवारका सदस्यसँग नजिक गएर कुरा गर्नु हँुदैन । त्यस्तै खोक्दा, हाच्छ्युँ गर्दा नाकमुख छोप्नुपर्छ । आफूले प्रयोग गरेका सामान अन्य व्यक्तिलाई प्रयोग गर्न दिनु हुँदैन ।
सकेसम्म सबै सुविधा भएको एउटै कोठामा बस्नुपर्छ । संक्रमणको आशंका भएका व्यक्तिको रगत परीक्षणको रिपोर्ट नआउँदासम्म घरकै कोठामा मास्क लगाएर छुट्टै बस्नुपर्छ ।
लक्षण देखिनासाथ अनिवार्य मास्क लगाउने, हाच्छ्युँ गर्दा, खोक्दा नाकमुख छोप्ने । छोप्दा प्रयोग भएका वस्तुलाई फोहोर फ्याँक्ने बन्द भाँडोमा फाल्ने र कम्तीमा २० सेकेन्डसम्म साबुनपानीले हात धुने वा स्यानिटाइजरले सफा गर्ने ।
संक्रमणको लक्षण देखिएमा तत्काल अस्पताल गएर स्वास्थ्यकर्मीको सल्लाह लिने ।
आफैँमा आत्मबल बढाउने । लक्षणसँग नआत्तिने परिवारका सदस्य, साथीभाइसँगको सम्पर्कमा रहने र आधिकारिक समाचारका माध्यम पछ्याउने गर्नुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah