शेल्टर इन- प्लेस अर्थात् सुरक्षित नभएसम्म वा बाहिर निसक्ने सूचना नपाएसम्म घरभित्रै सुरक्षित बस्ने निर्देशनले एक्लै बस्नेहरू अझै कठिनाइमा छन्।

आफिया ओफोरी मेन्सा ३९ वर्षकी भइन्। उनी १६ वर्षदेखि एक्लै बसिरहेकी छिन्। ओहायोको ग्रामिण भेगमा ओबर्लिन कलेजमा नौ वर्ष पढाइन्। त्यहाँ रहँदा सामाजिक सञ्जाल सिमीत थियो। अघिल्लो अगष्टमा प्रिन्सटन विश्वविद्यालयको छात्रवृत्ति कार्यक्रमको निर्देशक बनेर उनी न्यू जर्सी आइन्।

उनलाई बल्ल सामाजिक जीवन सुरू भएको अनुभव भइरहेको थियो। ओबर्लिनको आलुम्नाइ र नजिकै बस्ने परिवारजनसँग भेटघाट हुन्थ्यो। वरपरका शरहमा हुने कार्यक्रममा सहभागी हुन ट्रेन चढेर जान्थिन्। तर कोरोना भाइरस संक्रमणपछि फेरि परिस्थिति बदलियो। एक्लोपनको अनुभव फेरि बढेर आयो।

“अर्को व्यक्तिलाई कहिले छुन पाइन्छ, थाहा छैन। सम्झिदाँ झन गाह्रो हुन्छ,” उनले भनिन्,“कहिलेकाहीँ त कतै हराइजाउँजस्तो लाग्छ।” उनीसँग कोही छैन न त घरपालुवा जनावर, न प्रेमी, एउटा फूल पनि छैन। उनी अत्यन्तै एक्लो अनुभव गर्छिन्।

जुलियन होल्ट लुनस्टाड ब्रिगहम योङ विश्वविद्यलायमा मनोविज्ञान र स्नायुविज्ञानकी प्राध्यापक हुन्। एक्लोपनलाई उनले वृहत रूपमा अध्ययन गरेकी छिन्। सामाजिक सम्पर्क व्यक्तिको जैविक भोक भएको उनी बताउँछन्। “हामी सामाजिक प्राणी हौं। अरूसँग निकटताको अभाव भए हाम्रो शरिरले प्रतिक्रिया जनाउँछ,” उनले भनिन्। त्यसैले कोभिड १९ ले सिर्जना गरेको “न्यू नर्मल” अप्ठ्यारो परिस्थिति भएको उनले बताइन्। यो परिस्थितिमा हामी शारीरिक रूपमा टाढा भए पनि सामाजिक रूपले जोडिने प्रयास गर्नुपर्छ।

एक्लोपनको गम्भीर परिणाम हुनसक्ने डा. होल्ट लुन्स्टाडले पत्ता लगाएकी छिन्। उनको गरेको एउटा अध्ययनमा कुनै पनि सामाजिक सम्पर्कको अभावलाई दैनिक १५ खिल्ली धुमपान गरेसँग तुलना गर्न मिल्ने देखिएको छ। अर्को अध्ययनमा एक्लोपनले अकालमै हुने मृत्युको जोखिम २६ प्रतिशत धेरै हुने देखिएको छ। सामाजिक “आइसोलेसन”, एक्लोपन र एक्लै बस्नाले मोटोपन, शारीरिक गतिविधिको अभाव र प्रदुषणसँग सम्बन्धित मृत्युको जोखिमलाई पनि पछि पार्ने उनले पत्ता लगाएकी छिन्।

सुसन पिङ्कर मनोविद् हुन्। उनले “दि भिलेज इफेक्ट” पुस्तक लेखेकी छिन्। इच्छा विपरीत एक्लो हुनुको व्यक्तिपरक अनुभव नै एक्लोपन भएको उनले बताइन्। व्यक्ति एक्लै भए पनि एक्लोपन नहुनसक्छ वा मानिसको भीडमा पनि एक्लोपन अनुभव हुनसक्छ। पिङ्कर भन्छिन्,“यो बहिष्करण र अस्तित्वको चिन्ताको अनुभव हो।”
विशेषगरी अमेरिकाको अवस्था गम्भीर छ। कोरोना भाइरसको महाव्याधि अघि धेरै अमेरिकी एक्लोपनमा बाँचिरहेका थिए।

सिग्नाले जनवरीमा १८ वर्षभन्दा बढी उमेरका दश हजार अमेरिकीको सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा ६१ प्रतिशत वयस्कले पाँचमध्ये तीन एक्लोपन भएको बताएका थिए। सन् २०१८ को तुलनामा एक्लोपन अनुभव गर्नेहरूको संख्या सात प्रतिशतले बढेको छ। अमेरिकामा “स्टे एट होम” निर्देशन जारी भएको छ। नागरिक शारीरिक/भौतिक रूपले एक्लै भएकोले एक्लोपनको अनुभव पनि बढेको सिग्नाका चिफ मेडिकल अफिसर डा. डग नेमेचेकले बताए।

सामाजिक सहयोग र अर्थपूर्ण अन्तर्क्रियाको न्यूनता एक्लोपनको मुख्य कारण भएको सिग्नाको अध्ययनले देखाएको छ। कार्यालयभन्दा घरमा बसेर काम गर्नेहरू बढी एक्लोपन अनुभव गर्ने पनि अध्ययनमा देखिएको छ। “कोभिडका कारण धेरै प्रभावित छन्। हामी सामाजिक रूपले टाढिएका छौं। साथीभाइ वा छिमेकीसँग अन्तर्क्रिया गर्न सक्दैनौं। नर्सिङ होममा रहेका वृद्ध आमाबाबुलाई भेट्न सक्दैनौं,” उनले भने,“सामाजिक सम्पर्क र एक्लोपनबाट हामी कस्तो अनुभव गर्छौं यी सबैले प्रभाव पार्छन्।”

सिग्नाको अध्ययनमा १८ देखि २२ वर्षका ७९ प्रतिशत सहभागीले आफूलाई एक्लो भएको ठानें। यो समूहमा सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्नेहरू नै धेरै एक्लोपन अनुभव गर्ने देखिएको डा. नेमेचेकले बताए। “त्यसैले अर्को व्यक्तिसँग अर्थपूर्ण सम्पर्क बनाउन र त्यसलाई कायम राख्न सामाजिक सञ्जाललाई सहि तरिकाले प्रयोग गर्नु अत्यन्त महत्त्वपूर्ण हुन्छ,” उनले भने।

उदाहरणका लागि, सामाजिक सञ्जालमा समाचार पढ्नु वा ट्विटर पोस्टमा घोत्लिनुभन्दा भिडियो च्याट गर्नु बढि लाभदायक हुने उनले बताए। सामाजिक सम्पर्क वा सामाजिक सहयोग नभएकालाई उदासिनताको जोखिम धेरै हुने लिसका कक्सले बताइन्। उनी अनुमतिप्राप्त क्लिनिकल सामाजिक कार्यकर्ता हुन्। स्टकटन विश्वविद्यालयमा उनी सामाजिक कार्य र जेरोन्टोलोजीका प्राध्यापक पनि हुन्। त्यसरी एक्लोपन अनुभव गर्नेहरूले स्वयंको स्याहारमा ध्यान दिए राम्रो हुने उनी बताउँछन्।

उनीहरू अनलाइन सहयोग समूहमा सहभागी हुनसक्छन्। योगा र स्ट्रेचिङ गर्न सक्छन्। दैनिकी लेख्ने, माइन्डफुल्नेस अभ्यास गर्न सक्छन्। चित्र बनाउने र संगीत सुन्नेजस्ता सिर्जनात्मक काममा पनि व्यस्त हुनसक्छन्। एक्लोपनले गाँजेको बेला नयाँ कुरामा उर्जा लगाउनु कठिनाइ हुनसक्ने डा. कक्सले बताइन्। तर त्यसो गर्ने प्रयास महत्त्वपूर्ण भएको उनी बताउँछिन्। भिडियो च्याट कतै हुनुको अर्को विकल्प भएको बताउँछिन्।

वास्तविक अन्तर्क्रिया भएको नक्कल गर्ने वा एकै समयमा सबैले एउटै विषयवस्तुमा ध्यान दिने जुनसुकै काम पनि फाइदाजनक हुने उनी बताउँछिन्। लामो समयदेखि सम्पर्कमा नरहेका साथी र परिवारजनको हालखबर सोध्नलाई फोन गर्ने यो उपयुक्त समय भएको उनी बताउँछन्। वृद्धक लागि पनि यो समय निकै चुनौतीपूर्ण छ। नेसनल एकेडेमिज अफ साइन्सेस, इन्जिनियरिङ एन्ड मेडिसिनको सन् २०२० को प्रतिवेदन अनुसार ६० वर्ष र त्योभन्दा धेरै उमेरका करिब आधाले एक्लोपन अनुभव हुने बताएका छन्।

एएआरपी फाउण्डेसनकी अध्यक्ष लिसा मार्श रायरसनले ४५ वर्षभन्दा माथिको एक तिहाइ जनसंख्या वा चार करोड ४० लाख, कोरोना भाइरस महाव्याधिभन्दा अघि नै एक्लो भएको बताइन्। अहिलेको त्यो जनसंख्या अझ बढिरहेको छ। उनीहरू साथीसँगीको “फ्रेन्डभेन्टोरी” बनाउँछन्। त्यो सूचीमा साथीभाइ र छिमकीको भित्री समूह हुन्छ। त्यो बढाउँदै पूर्वसहकर्मी र सहपाठी पनि अटाएका हुन्छन्।

“आफैँले पहल गर्नु कठिन हुनसक्छ तर सम्पर्कमा रहनु महत्त्वपूर्ण छ,” उनले भनिन्। एक्लोपनको जोखिमा भएका व्यक्तिसँग दिनमा एक पटक कुराकानी गर्नुपर्ने उनको सल्लाह छ। उनीहरूको हालखबर सोध्ने र प्रतिक्रिया सुन्नुपर्छ। उनीहरूको साथीभाइ र परिवारसँग भर्चुअल च्याटमार्फत् कुराकानी गर्ने माहोल बनाउन पनि सहयोग गर्न सकिन्छ।

डा. ओफोरी मेन्सा आफ्नो वरपरको वातावरणसँग जोडिएर यो चुनौतीपूर्ण समयमा एक्लोपनको अनुभव सम्बोधन गरिरहेकी छिन्। तल्लो तलाका छिमेकीले साँझपख घन्काएको क्लासिकल र ज्याज पियानो संगीत सक्रियतापूर्वक सुन्छिन्। अर्का छिमेकीले खानामा लसुन धेरै प्रयोग गर्न थालेका रहेछन्।

“हरेक पटक हिँड्न निस्कँदा म एकछिन बिसाएर लामो सास फैर्छु,” उनले भनिन्। टाढैबाट भए पनि अरूसँग एउटै ठाउँमा दैनिक हिँडडुल गर्न पाउँछिन्। कसैलाई स्पर्श गर्न नपाउँदा म अन्य इन्द्रियबारे बढी सचेत हुन थालेकी छु। यसले म एक्लो छैन भन्ने स्मरण गराउँछ।

न्यूयोर्क टाइम्सबाट नेपाली अनुवाद

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah