मेरिकामा गतसाता ४४ लाख मानिसले बेरोजगार सुविधाका लागि आवेदन दिएका छन्।
यससँगै मार्च महिनाको मध्यदेखि बेरोजगार सुविधा खोज्नेको मानिसको संख्या २ करोड ६४ लाख पुगेको छ।
यो संख्या अमेरिकी श्रम शक्तिको १५ प्रतिशत हो।
कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाउनेको संख्यामा ह्वात्तै वृद्धि भएको हो।
अमेरिकामा कोरोनाबाट मर्नेको संख्या ५० हजार नजिक पुग्दैछ भने संक्रमितको संख्या साढे ८ लाख पुगेको छ। एजेन्सी



