भारतमा पछिल्लो समय रक्सी पसलहरु खुल्न थालेका छन्। कोरोनाले कम प्रभावित क्षेत्रमा लकडाउन खुकुलो बनाउन थालिएको छ। यस्तोमा खाद्य सामग्री पाइने पसल, केही उद्योगहरु खुल्न थालेका छन्।

यसबीचमा भारतका सबै क्षेत्रका मदिरा पसलहरु भने खोल्न दिइएको भारतीय संचारमाध्यमले जनाएको छ। मदिराजन्य पदार्थ खरिद गर्न पाइने भएपछि विभिन्न क्षेत्रमा रक्सी खरिद गर्नेको भीड नै लागेको छ।

भारतीय संचारमाध्यममा दिल्ली, आन्ध्रप्रदेश, मध्यप्रदेश लगायतका क्षेत्रको तस्बिरहरु सार्वजनिक गरेको छ जहाँ मदिरा किन्नेहरुको भीड देखिएको छ।

समाचार संस्था एएनआईका अनुसार सोमबार दिल्लीमा रक्सी किन्न जानेको भीड अत्यधिक थियो। उनीहरुले शारीरिक दुरीको नियम पालना गरेका थिएनन्। त्यसकारण भीडलाई व्यवस्थित बनाउन प्रहरीले लाठी चार्ज गर्नुपरेको थियो। एएनआईले आन्ध्रप्रदेशको एक भिडियो नै सार्वजनिक गरेको छ। जहाँ रक्सी खरिद गर्न एक किलोमिटरसम्म मानिसहरु लाइनमा बसेको देखिएको छ। (भिडियो)

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah