कोरोना भाइरसका कारण अहिले विश्व नै संकटमा छ। मानवजाति सतर्क छ। व्यक्तिगत सरसफाइलाई ख्याल गर्न थालिएको छ, भौतिक दूरी कायम गरिएको छ। तर, अझै पनि खानपानको तरिकामा परिवर्तन भएको देखिँदैन।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुरक्षित खानपानका लागि पाँच टिप्स दिएको छ।
ती यस प्रकार छन्।

१-जहिल्यै स्वच्छ रहनुस्
-खाना बनाउनु अघि र खाना बनाइसकेपछि अनिवार्य हात धुनुस्
-दिसापिसाव गरिसकेपछि हात धुनुस्
-खाना बनाउने ठाउँका चुल्हो, भाडाकुडा राम्रोसँग धुनुस्
-घरमा रहेका कीरा र कक्रोजसहित जनावरको पहुँचबाट पनि सुरक्षित रहनुस्

२-काचो भोजनलाई पाकेको खानाबाट टाढा राख्नुस
-पोल्ट्री उत्पादन, काचो दूध र समुन्द्रमा पाइने जीवजन्तुको मासु, माछालाई खानाका अरु चिजबाट टाढा राख्नुस्

-काचो भोजनका लागि अलग भाडा,चक्कु र कटिंग बोर्डको प्रयोग गर्नुस्
-तयारी खाना र काचो भोजनबीच कुनै प्रकारको सम्पर्क नराख्नुस्

३-खाना राम्रोसँग पकाउनुस्
-खासगरी दूग्धजन्य पदार्थ, पोल्ट्री उत्पादन र सी फुडलाई राम्रोसँग पकाउनु पर्छ
-सूप र स्टू जस्ता चिज उमाल्ने समय सुनिश्चित गर्नुस्। तापमान ७० डिग्री सेल्सियससम्म पुगोस्

४-सुरक्षित तापमानमा भोजन सुरक्षित राख्नुस्
-पाकेको खाना कोठाको सामान्य तापक्रममा २ घन्टाभन्दा बढी समय राख्नु हुँदैन
-तयारी खाना र खासगरी चाँडो खराब हुने भोजन पाँच डिग्री सेल्सियसभन्दा कम तापमानमा फ्रिजमा राख्नुस्
-खाना खानु अघि ६० डिग्री सेल्सियस तापमानभन्दा बढीमा तताउनुस्
-फ्रिजमा खाना धेरै समय नराख्नुस्
-फ्रोजेन फूड अर्थात जमेको चिज सामान्य तापक्रममा पग्लनका लागि नछाड्नुस

५-सफा पानी र स्वच्छ भोजन सामग्री
-स्वच्छ पानीको प्रयोग गरेर खाना पकाउनुस्
-ताजा र पौष्टिक खाद्य सामग्रीको प्रयोग गरौँ
-यस्ता भोजन छान्नुस् जसको सुरक्षित प्रोसेसिंग गरिएको होस्।
-फल र तरकारी अनिर्वाय धुनुस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah