
भरतपुर महानगरपालिकामा एमालेले माओवादी केन्द्रसँगको अग्रता बढाएको छ। जारी पछिल्ललो मत परिणाम अनुसार नेकपा एमालेका देवी प्रसाद ज्ञवालीले १०३ मत पाएका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ६८ मत पाएकी छन्। यस्तै उपमेयरमा एमालेकै दिब्य शर्माले ८६ मत पाउँदा नेपाली कांग्रेसकी पार्वती शाहले ७८ मत पाएकी छन्।



