अमेरिकामा कोरोनाभाइरसका कारण लगाइएको लकडाउनले गर्दा भाडामा बस्नेहरूलाई निकै कष्ट सहनुपरेको छ । जागिर गएकाले उनीहरूसँग भाडा तिर्ने पैसा छैन ।

भाडा तिर्न नसकेपछि महिलाहरूलाई घरपेटीहरूले शारीरिक सम्बन्ध बनाउन दबाब दिन थालेका छन् ।

नेसनल फेयर हाउजिङ अलायन्सको एक प्रतिवेदनअनुसार, अमेरिकाभरि यो समस्या देखिन थालेको छ । महाव्याधिका बीच देशमा यौन शोषणको घटनामा १३ प्रतिशतले वृद्धि भएको छ ।

एक महिलाले अलायन्सको वेबसाइटमा लेखिन्, ‘मैले घरपेटीसँग यौन सम्बन्ध नराखेको भए उसले मलाई घरबाट निकालिदिन्थ्यो । सिंगल मदर भएकाले मसँग घरबाट निस्केर जाने विकल्प छैन ।’

भाडाको साटो यौनको माग गर्ने घटना बेलायतमा पनि भइरहेको बताइएको छ । त्यहाँ सेक्स गर्न दिएमा भाडा तिर्नु नपर्ने भनी अन्लाइन विज्ञापन नै गरिन थालेका छन् ।

भाडाको साटो सेक्सको व्यापकताको डेटा पाउन दुर्लभ छ । हाउजिङ एक्सपर्टहरूका अनुसार, कानून नबुझ्दा घरपेटीहरूबाट शिकार भएका पीडितमाथि वेश्यावृत्तिको आरोप पनि लाग्ने सम्भावना छ ।

बेलायतको हाउजिङ च्यारिटी शेल्टरले सन् २०१८ मा प्रकाशन गरेको एक प्रतिवेदनअनुसार, विगत पाँच वर्षमा प्रोपर्टी म्यानेजरहरूले लगभग साढे दुई लाख महिलालाई भाडाको साटो शारीरिक सम्बन्ध बनाउन प्रस्ताव गरेका छन् ।लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah