काठमाडौ :अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले आफूले व्यक्त गरेको अभिव्यक्तिले कसैलाई चोट पुगेको भए माफीमा मागेका छन्।

दुई साताअघि एक मिडियामा फेसबुक लाइभमार्फत दिएको अन्तर्वार्तामा ‘तराईतिर जाँदा राष्ट्रियताको भावना अलि कम’ भएको बताएपछि अध्यक्ष शेर्पा विवादित बनेका थिए।

शेर्पाले कुनै भाषा, धर्म, लिङ्ग तथा समुदायको नेपालको राष्ट्रियतामा प्रश्न गर्ने मनसाय नभएको प्रेश विज्ञप्तमार्फत जनाएका छन्।

उनले भनेका छन्,’अन्तर्वार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजु-भाई तथा दिदी-बहिनी एवम् त्यस क्षेत्रका नेपालीमा कुनै पनि चोट वा ठेस पुग्न गएमा त्यसप्रति म हार्दिक क्षमा याचना गर्दछु।’

अन्तर्वार्तमा दिएको अभिव्यक्ति कुनै सम्प्रदाय, वर्ग, जाती, लिङ्ग, भाषाभाषी र प्रदेशप्रति लक्षित नगरेको र नभएको पनि शेर्पाले बताएका छन्।

‘मैले दिएको अन्तर्वार्तामा खेल भावनाबाहेक कुनै पनि मनासाय राखेर वा कुनै क्षेत्र, प्रदेश र भूगोललाई होच्याउने वा नकारात्मक सन्देश प्रवाह गर्न खोजेको छैन,’ उनको भनाइ छ,’ मेरो अन्तर्वार्ताको भावना अनुरुप राष्ट्रियता बढाउन मजबुत बनाउछ भन्नुको अर्थ ती क्षेत्र यो अवस्थामा छैन भन्ने पटक्कै होइन। मेरो विचारमा राष्ट्रियता र देशप्रेमको परिधि समयक्रमसँगै विकसति तथा परिस्कृत हुँदै जाने विषय हो।’

यसअघि बुधबार नै मधेशी आयोगले राष्ट्रियताको विषयमा शेर्पाले दिएको विवादास्पद अभिव्यक्तिको विषयमा छानविन प्रक्रिया अघि बढाएको बताएको थियो।

अध्यक्ष शेर्पाले गत जेठ ४ गते फेसबुक लाइभमार्फत तराईका चार जिल्ला (सप्तरी, सिराह, धनुषा र महोत्तरी)मा राष्ट्रियता सिकाउन ग्रासरुट फुटबल सुरू गरेको बताएका थिए।

शेर्पाको अभिव्यक्तिको विषयमा संसदमा समेत कुरा उठेको थियो। शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको भन्दै समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले कारबाहीको माग गरेका थिए।

गत सोमबार भएको एन्फा कार्यसमिति बैठकमा अभिव्यक्तिलाई लिएर शेर्पाको राजीनामा माग भएको थियो। यस्तै एन्फाका चार जिल्ला फुटबल संघका अध्यक्षले कारबाहीको माग गरेर प्रधानमन्त्रीलाई निवेदन दिएका थिए।
साभार : सेतोपाटी अन्लाईन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah