प्रदेश नंं ३, ४ र ६ नम्बरका २ सय ८३ स्थानीय तहको निर्वाचन र यसको परिणामले झापाको दमकमा अब कस्तो असर गर्ला त ? अहिले दमकमा बहसको बिषय बन्न थालेको छ । अहिलेको मत परिणामले सबै निक्र्योल गर्ने र अहिलेकै प्रारम्भिक नतिजालाइ आधार मानेर कस्ले जित्ला त मत गणना भइरहेका स्थानहरुमा भन्न सक्ने अवस्था छैन ।
यद्यपि दमकमा मेयरको ठूलो सपना देखेका राप्रपाका राम थापा र माओबादी केन्द्रका गगन पुरीका लागि पनि निन्द्रा नलाग्ने अवस्था नै देखिएको फूटानी खाटहरुको बहस रहेको पाइन्छ । राप्रपाका पकड मानिएका क्षेत्रहरुमा अहिले राप्रपालाइ मत आएको नदेखिएको जनाइन्छ । माओबादीले पनि अपेक्षा गरे अनुसारको मत पाएको छैन यसले गर्दा चानचुने मिहिनेतले यहाँ पनि निर्वाचन जित्न सम्भव छैन भन्ने देखाएको छ । सम्भवत एमालेबाट रोमनाथ ओली र काँग्रेसबाट ढुण्डिराज भण्डारी मेयरका उम्मेद्वार बन्नेछन् । कुनै ठूलो दाउपेच र राजनीतिक भागवण्डा भएन भने यहि देखिन्छ अहिलेसम्मको चर्चा ।
३ वटा प्रदेशको नतिजा आइरहदा दमकमा मात्र नभएर झापामा नै एमाले र काँग्रेसमा एकप्रकारको उत्साह पाइएको छ । राप्रपा र माओबादी केन्द्रलाइ भने अब चानचुने मिहिनेतले नहोला भन्ने चिसो पसिसकेको हुनुपर्छ । स्थानीय तहको निर्वाचन भएकाले पार्टी नै हेर्दैनन् र ब्याक्ति तथा नयाँ पन चाहान्छन् भन्ने काठमण्डौ महानगरमा साझापार्टी र बिवेकशिलले ल्याएको मतले देखाएकोले केहि भने यसबाट उत्साहित पनि भएकाछन् । यहाँ मेयरका उम्मेदवार बन्नेहरुलाइ सकस हुन थालिसकेको छ ।



