दमक। झापाको दमकमा सामुदायिक क्याम्पसहरुमा कोभिड १९ को असर र आगामी रणनीति विषायक अनलाईन अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दमक बहुमुखी क्याम्पसको आयोजनामा भएको अनलाईन अन्तरक्रिया कार्यक्रममा मेची अञ्चलका १८ ओटा सामुदायिक क्याम्पसहरुको सहभागिता रहेको थियो
क्युएए डाइरेक्टर प्रो. डा. ॠषि राम पाण्डेको प्रमुख आतिथ्यता तथा दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. नेत्र बहादुर बुढाथोकीले अध्यक्षता गरेको कार्यक्रममा बिसिस्ट अतिथि पब्लिक क्याम्पस संघ प्रदेश नम्बर १ का संयोजक रमेश रोक्का जनता बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख डा. टोल नाथ काफ्ले लगायतले अन्तरक्रियामा आफनो धारणा राख्नु भएको थियो ।
वहाँहरुले अहिलेको परिस्थितीमा शिक्षण तथा ब्यबस्थापकिय कार्यहरु कसरी बढाउने भन्ने बारे आफ्नो-आफ्नो धारणा राख्नु भएको बीबीए प्रोग्राम कोअर्डिनेटर राम चन्द्र अधिकारीले जानकारी दिनुभयो ।
सामुदायिक क्याम्पसहरुले सामना गर्नु परेको आर्थिक संकट अनलाईन कक्षा ब्यबस्थापन, त्रिभुवन विश्वविद्यालयले आँगिक तथा सामुदायिक क्याम्पसबीच गर्ने भेदभावपूर्ण व्यवहारको अन्त्यहुनु आवश्यक भएको तथा दिर्घकालिनरुपमा शिक्षा राज्यको दायित्व भएको हुँदा राज्यले आधारभुत व्यवस्थापन गर्नु पर्नेमा सबैको एकमत रहेको पनि अधिकारीले जानकारी दिनुभयोे ।



