काठमाडौं, असार ३ । भारत र चीन सीमामा ४५ वर्षपछि पहिलोपटक दुई देशका सैनिकबीचको दोहोरो भिडन्तमा मानवीय क्षति भएको छ । सोमबार राति भएको दुई पक्षबीचको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएको भारतले जनाएको छ । यद्यपि, दुई देशका सैनिक अधिकारीबीच पछिल्लो अवस्थालाई लिएर वार्ता पनि भइरहेको जानकारी दिइएको छ ।

५ मेमा लद्दाखको प्यान्गोङ सो हिमतालनजिकै दुई देशका सैनिकबीच धकेलाधकेल हुँदा दुवैतर्फका केही सैनिक घाइते भएका थिए । भिडन्त गर्ने अवस्थामै दुई देशका सैनिक पुगिसकेका थिएनन् ।

चिनियाँ जनमुक्ति सेना यसअघिको लाइन अफ एक्चुयल कन्ट्रोल पार गरेर भारतीय भूमिमा केही किलोमिटर भित्र आएपछि तनाव भएको भारतको दाबी छ । सीमामा तनाव बढेपछि दुवै देशले सैन्यस्तरको वार्ता र सीमामा सैन्य उपस्थिति बढाएका छन् । तर, चिनियाँ विदेश मन्त्रालयले भने भारतीय सैनिकहरू चिनियाँ सीमा पार गर्दै घुसेपछि चिनियाँ सैनिकसँग झडप भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

सीमा क्षेत्रमा दुई देशका सैनिक अधिकारी बिनाहातहतियार हिँड्थे । उनीहरू विवाद हुँदा धकेलाधकेल र मुक्का हानाहान मात्र गर्थे । हतियार नै चलाउने अवस्थामा पुगेका थिएनन् । तर, पछिल्लो केही सातादेखि दुई देशका सैनिकबीच सीमाको विषयलाई लिएर विवाद चर्किएको थियो । भूमिको विवाद चलिरहेका बेला वार्ता र संवादबाट हल गर्ने विषयमा धेरैपटक छलफल भए पनि दुई पक्षबीचको अडान मिल्न सकेको थिएन ।

चीनसँग लद्दाखमा युद्वको स्थिति बनेपछि नेपालमा छुट्टी मनाइरहेका गोर्खा सैनिकलाई भारतले फिर्ता बोलाएको छ । भारतमा कोरोना भाइरसको संक्रमण बढ्नुअघि भारतीय सेनामा कार्यरत गोर्खालीहरू छुट्टी मनाउन घर फर्किएका थिए । तर, चीनसँग उत्तरी सीमा विवाद चुलिएपछि भारतीय सेनाले छुट्टी मनाइरहेका गोर्खालीलाई काममा फर्कन आदेश दिएको छ ।

भारतीय सेनामा १ लाखको हाराहारीमा नेपाली कार्यरत छन् । गोर्खा रेजिमेन्टअन्तर्गत भारतीय सेनामा कार्यरत नेपालीहरू सन् १९४७ मा भारत स्वतन्त्र भएदेखि चीन र पाकिस्तानसँग जोडिएको नाकामा खटिएका छन् ।राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah