दुई वर्षअघि विमान दुर्घटनामा नेपाली कांग्रेसमा सक्रिय समाजसेवी आफ्नो श्रीमानलाई गुमाउनुपर्दा एकछिन त कान्तिका सेजुवाललाई पृथ्वी नै एक ठाउँमा अडिएझैं लागेको थियो। तै उनले आफ्नो मनलाई सम्झाइन्, र दिवंगत श्रीमान् मानव सेजुवालले कोरेको बाटोमा हिँड्ने अठोट गरेर राजनीतिमा हाम फाल्ने निधो गरिन्। उनका लागि राजनीति सोचेजस्तो सहज थिएन। तैपनि उनले हिम्मत हारिनन्।

नतिजा, २० वर्षपछि भएको स्थानीय निर्वाचनमा उनी मेयर बन्ने पहिलो महिला बन्न सफल भएकी छन्।

कान्तिकाले जुम्लाको चन्दननाथ नगरपालिकामा आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्तिलाल महतलाई ७११ मतले पराजित गर्ने क्रममा यसपालिको स्थानीय निर्वाचनमा पहिलो महिला मेयर बन्ने सौभाग्य प्राप्त गरेकी हुन्।

उनले १० वटा वडा रहेको नगरपालिकामा २७७७ मत प्राप्त गरेकी थिइन्। गत महिना उनलाई मेयर पदका लागि सिफारिस हुँदा थुप्रै आलोचना भएको थियो। तर, पार्टी ‘हाइ कमाण्ड’ ले उनीमाथि ठूलो विश्वास देखायो र आलोचनाका बाबजुद उनलाई मेयरको टिकट दिने निर्णय गर्यो।

अहिले कान्तिका पार्टीले आफूमाथि देखाएको विश्वासप्रति कृतज्ञ छिन्। र, आफूमाथि जिम्मेवारी थपिएको महसुस गर्छिन्।

‘मैले यसलाई प्रतिष्ठाको विषयभन्दा पनि जिम्मेवारी थपिएको रुपमा महसुस गरेको छु,’ उनले सेतोपाटीसँग टेलिफोन कुराकानीमा भनिन्।

कान्तिकाका श्रीमान मानव पनि यो क्षेत्रमा निकै लोकप्रिय नेताका रुपमा चिनिन्थे। २०७१ सालमा काठमाडौंबाट नेपाल एयरलाइन्स चढेर जुम्ला जाने क्रममा उनको विमान दुर्घटनामा निधन भएको थियो। उनको निधनपछि नेपाली कांग्रेसले जुम्लामा ठूलो क्षति बेहोरेको महसुस गरेको थियो।

कान्तिका आफ्नो श्रीमानले जुम्लीहरुको जीवनशैली उकास्न देखेको सपना आफूले पूरा गर्ने बाटोतर्फ लाग्ने बताउँछिन्। ‘उहाँलाई म निकै मिस गरिरहेको छु। उहाँले जुम्लावासीको जीवनस्तर उकास्न देख्नुभएको सपना पुरा गर्नु मेरो पहिलो उद्देश्य हुनेछ,’ उनले भनिन्।

उनी जुम्लाको सामुदायिक स्कुल कर्णालीकी शिक्षिका पनि हुन्। उनले दुईवटा विषयमा स्नातकोत्तर गरेकी छन्। २ छोरी र २ छोराकी आमासमेत रहेकी ४५ वर्षीय कान्तिका जुम्लावासीले आफूमाथि देखाएको प्रेम र विश्वासमा खरो उत्रिने बताउँछिन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah