काठमाडौं, १६ असोज । पाकिस्तानले आफ्नो देशको आकाशमा विदेशी उडानमासमेत प्रतिबन्ध लगाइदिएको छ । पाकिस्तानले यसअघि कराँचीको एयर स्पेशमा ३३ हजार फिट भन्दा तल उडान रोक लगाएको थियो । अब लाहोरको एयर स्पेशमा विदेशी ब्यवसायिक विमानलाई २९ हजार फिट भन्दा तल उड्न प्रतिबन्ध लगाइदिएको छ ।

टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार पाकिस्तानले भारतलाई लक्षित गर्दै उक्त कदम चालेको हो । अपरेशनका कारण प्रतिबन्ध लगाउनुपरेको पाकिस्तानले जारी गरेको एक सूचनामा जनाइएको छ ।

कराँचीमा एक हप्तासम्को लागि रोक लगाइएको थियो भने लाहोरमा अक्टुबर ३१ तरिखसम्मका लागि प्रतिबन्ध लगाइएको छ । इण्डियन एयरलाइनका एक रुट प्लानरकाअनुसार पाकिस्तानले लगाएको प्रतिबन्धका कारण पाकिस्तानको बाटो भएर गल्फ मुलुकहरु उड्ने विमानको उडान ढिलाइ हुनेछ ।

पाकिस्तानी सैनिक जेट विमानको हावामा अभ्यासका लागि पाकिस्तानले यस्तो निर्णय गरेको हुन सक्ने विमान सञ्चालकहरु बताउँछन् । कराँची भारतको राजस्थान तथा गुजरात बोर्डरको छेउमा पर्दछ भने लाहोर जम्मु–कश्मिर तथा पञ्जावको नजिक पर्दछ ।

रिपाेर्टका अनुसार पाकिस्तानकाे न्यूक्लियर सुविधा लाहाेरमा रहकाे छ । उक्त स्थानमा पाकिस्तानले भारतलार्इ कहिल्यै पनि जान दिँदैन । खाडी मुलुकमा जाने भारतीय विमानहरू सबै पाकिस्तानकाे अाकाश भएर जाने गर्दछ । पाकिस्तानकाे यस्ताे निर्णयले भारतले अब बैकल्पिक बाटाे खाेज्नुपर्ने बाध्यता भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah