एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काँग्रेस र माओवादीलाई जनताले निर्वाचनबाट तह लगाएको बताएका छन् । नेपालले निर्वाचनमा आएको परिणामले काँग्रेस–माओवादीलाई जनताले नरुचाएको दाबी गरे । जनताले एमालेलाई निर्वाचनमार्फत मुलुक हाक्ने जिम्मेवारी दिएको उनले बताए ।
‘मुलुकको जिम्मेवारी एमालेको काँधमा आएको छ’, घोराहीमा शनिबार आयोजित कार्यकर्ता भेलालाई उसम्बोधन गर्दै नेता नेपालले भने, ‘काँग्रेस र माओवादीलाई जनताले निर्वाचनमार्फत तह लगाउँछन् ।’
काँग्रेस–माओवादीले लोकतन्त्रविरोधी हतर्क गरिरहेको आरोप लगाउँदै नेपालले एमाले एक मात्र लोकतन्त्रको संरक्षक रहेको जिकिर गरे । नेपालले काँग्रेसको रुख बुढो भएको र सूर्य चम्किएको भन्दै अब एमालेले बहुमत ल्याएर मुलुक हाँक्ने जिकिर गरे ।



