माओबादी केन्द्र दमकले आफ्नो प्रचार शैलीलाइ यति आक्रमक बनाएको छ कि त्यो कमैले अन्दाज गरेका छन् । हरेक भित्ताहोस या सार्वजनिक स्थल । सार्वजनिक यातायातका सवारी साधन सिटि रिक्सा नै किन नहोस प्रचार सामाग्रिमय भएकाछन् । मेयरमा उठेका गगन पुरीको प्रचार शैलीले अहिले दमककमा चर्चा पाएको छ ।
दमकको मूख्य गणतन्त्र चौकमा राखिएको झण्डा अहिले फेसबुकमा सबैभन्दा बढि छाएको छ । हरित नगरको प्रतिक वरिपरि माओबादीको चुनाव चिन्ह भएको झण्डाले भरिएपछि यसको फोटो हालेर भावाना पोख्ने क्रममा राजनीतिक फेसबुक वार नै चलेको छ । एउटा पार्टीका कार्यकर्ताले अर्को पार्टीको उछितो काड्ने गरि कडा रुपमा फेसबुकमा आफ्ना भनाइहरु पोष्ट हुने गरेको पाईएको छ । दमकलाइ हरित नगर बनाउने र सफा सुन्दर शहर बनाउने भनेर भन्नेहरु आफै यसो गर्ने गरेको भन्दै माओबादीको तिब्र आलोचना भएको छ ।
राजनीतिक बाहिरका बिभिन्न ब्याक्तिहरुले पनि यस बिषयमा कडा आलोचना गरेकाछन् । माओबादीमा समर्थन गर्नेले बचाउ र अन्य पार्टीलाइ समर्थन गर्नेलाइ त्यसको चर्को आलोचना गरेकाछन् । सार्वजनिक स्थलमा यसरी प्रचारसमाग्रि टाँस्न पाउने की नपाउने ? टाँसेमा के हुने यो हेर्ने निर्वाचन आयोग हो । स्थानीय सरकारको रुपमा रहेको दमक नगरपालिका हो । शहरलाइ कुरुप हुनबाट रोक्ने जिम्मेवारी नगरपालिकाको हो । एक आपसमा फेसबुकमा लाञ्छना लगाउदा र बाझाबाझ गर्दा निर्वाचन पछिको सम्बन्ध के होला ? 




