मरिआना बाबर
एजेन्सी । पाकिस्तानसँग यसहप्ता खुसीयाली मनाउनुपर्ने कारण थियो, किनकी युरोप र अमेरिका (जहाँ कोरोना भाइरसका महिला बढ्दैछन् र हजारौं मानिसको मृत्यु भयो ) विपरित पाकिस्तानमा कोरोना संक्रमितको नयाँ संख्या पछिल्ला दुई हप्तामा घटेको छ । थोर वा बहुत यो स्मार्ट लकडाउनसँग सम्बन्धित छ, जसअन्तर्गत पाँच अगस्टसम्म पुरै देश बन्द रहनेछ, त्यतिबेलासम्म इद र हजका समारोह समाप्त हुनेछन् ।

सबैभन्दा धेरै जनसंख्या रहेको पञ्जावमा कोरोनाबाट कसैको मृत्यु भएको छैन, अस्पताल अझै भरिएका छैनन् र भेन्टिलेटर बेडको कुनै माग छैन । इस्लामावाद, मुजफ्फरावाद र गिलगित बाल्टिस्तानमा सामूहिक रुपले चार दिनमा १ सयभन्दा कम घटना बाहिर आएका छन् ।

संघीय योजनामन्त्री असद उमर, जो कोरोना भाइरस अभियानका प्रमुख पनि हुन् । उनले हाल भेन्टिलेटर र अक्सिजन सिलिन्डरको आवश्यकता भएका बिरामीहरुको संख्यामा २८ प्रतिशतले कमी आएको दाबी गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन् कि यो सरकारको स्मार्ट लकडाउन नीति, मानक सञ्चालन प्रक्रियाहरु र प्रवर्तन र मानिसहरुको सामूहिक प्रतिक्रियाका कारण भयो । तर, अनौठो कुरा यो छकि पाकिस्तान सरकारले यो बिल्कुल बताउन सक्दैन कि कोरोनाको घटनामा यस्तो गिरावटको वास्तविक कारण के हो, विशेषगरी जब संसारभर मृत्युदर निकै धेरै छ ।

यसको एकमात्र कारण हटस्पट क्षेत्रमा स्मार्ट लकडाउन लगाउनु महत्वपूर्ण रह्यो । यसले भाइरसको सामुदायिक प्रसार नहुने सुनिश्चित गर्न सहयोग ग¥यो । तर स्वास्थ विशेषज्ञले सरकारको दाबीमा शंका गरिरहेका छन् र चेतावनी दिइरहेका छन् कि जीतको घोषणा गर्नु अहिल्यै हतारो हुनेछ ।

सरकारले नयाँ घटनामा कमी र रोगीहरुका लागि होम क्वारेन्टाइन नीतिको हवाला दिएर उत्तर-पूर्वी लाहोरमा कोरोना रोगीहरुका लागि एक हजार शैय्यायुक्त अस्पताल बन्द गरिदियो । तर सरकारलाई डर छ कि ईद र मोहर्रमका दौरान मानिसहरु घुम्न निस्कँदा फेरि एकपटक अस्पताल भरिन सक्छ ।

यतिमात्रै होइन, बुधबार राति पाकिस्तानका मानिसहरुलाई त्यस समय ठूलो झट्का लाग्यो, जब उनीहरुलाई यो खबर मिल्यो कि जो व्यक्ति स्वास्थ मन्त्रालयको नेतृत्व गरिरहेका थिए र जो कोरोनाविरुद्धको युद्धमा दिन–रात काम गरिरहेका थिए, उनलाई प्रधानमन्त्रीले राजीनामा गर्न भने ।

डाक्टर जफर मिर्जालाई अप्रिल २०२० मा राष्ट्रिय स्वास्थ सेवाहरु, विनिमय र समन्वय मन्त्रालयको जिम्मेवारी दिइएको थियो र उनी कोभिड–१९ महामारीको निगरानीमा लागेका थिए । यस पृष्ठभूमिमा विपक्षी दलहरुले सरकारसँग ती गैर–निर्वाचित विशेष सहायकहरुको नाम मागेका थिए, जोसँग दोहोरो नागरिकता थियो । डाक्टर जफर मिर्जा पनि ती व्यक्तिमध्ये एक थिए ।

जफर मिर्जा औषधीहरुको आयात र हालैका दिनमा औषधीको मुल्यबृद्धिको मामिलामा पनि छानविन सामना गरिरहेका थिए । अनौठो कुरा यो छ कि यी दिनमा डाक्टर मिर्जा आफैं पनि कोरोना संक्रमण देखिएपछि आफ्नो उपचार गराइरहेका थिए ।

आफ्नो राजीनामाको पुष्टि गर्दै उनले भनेका छन् कि प्रधानमन्त्रीको व्यक्तिगत आमन्त्रणमा डब्ल्युएचओ छाडेर उनी देशको सेवामा आएका थिए । उनले भने, ‘मैले निकै मेहिनत र इमान्दारीसँग काम गरें । म यस कुराबाट सन्तुष्ट छु कि म त्यस समय पद छाड्दैछु, जब पाकिस्तानमा कोरोनाको संक्रमण घटिरहेको छ ।’

गुरुद्धारा हस्तान्तरण
यसबीच पाकिस्तानका सिख समुदायका लागि पनि एक अर्को सुखद खबर छ । बलुचिस्तानको प्रान्तीय सरकारले २०० वर्ष पुरानो गुरुद्धारा समुदायको जिम्मामा छाडिदिएको छ । यो सबै यस्तो समयमा भएको छ, जब टर्कीमा हाजिया सोफिया म्युजिमलाई मस्जिद बनाइएको छ र यसले अता तुर्कद्धारा बनाइएको टर्कीको धर्मनिरपेक्ष छविलाई धक्का पुगेको छ ।

भारत–पाकिस्तान विभानजपछि गुरुद्धाराका प्राचिन सम्पदालाई छात्राहरुको सरकारी स्कुलमा बदलिएको थियो । अल्पसंख्यक मामिलका प्रान्तिय संसदीय सचिव धानेश कुमारले भनेका छन् कि सेन्ट्रल क्वेटाको मस्जिद रोडस्थित ऐतिहासिक गुरुद्धारा ‘श्री गुरु सिंह सभा’ लाई ७३ वर्षपछि पुरानै अवस्थामा बहाल गरिएको छ । यसभन्दा पहिले यही वर्ष फेब्रुअरीमा बलुचिस्तानको सरकारले दुई सय वर्ष पुरानो एक मन्दिर हिन्दू अल्पसंख्यकहरुको जिम्मा लगाएको थियो ।

(बाबर पाकिस्तानकी वरिष्ठ पत्रकार हुन् । यो लेख भारतीय सञ्चारमाध्यम अमर उजालाबाट अनुवाद गरिएको हो ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah