अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनको बाइटडान्स कम्पनीको टिकटक माइक्रोसफ्टलाई बेच्नका लागि ४५ दिनको समय दिन मानेको बताइएको छ । आइतवार माइक्रोसफ्ट कोर्पले बाइटडान्सबाट लोकप्रिय याप टिकटक किन्न छलफल जारी राख्ने बतायो । ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाउने धम्की दिएको भए पनि चीनबाट याप पूरै छुट्टिएमा यसको बिक्रीको अनुमति दिने बताएको भनी एक्सियोसले खबर दिएको छ ।

वाशिङटनमा रहेको विशाल प्रविधि कम्पनी माइक्रोसफ्टका सीईओ सत्य नादेला र ट्रम्पबीच कुराकानी भएपछि माइक्रोसफ्टको बयान आएको हो । टिकटकका अमेरिकी प्रयोगकर्ताहरूका सबै निजी डेटा अमेरिकामा हस्तान्तरण गर्ने र त्यहीँ रहने सुनिश्चितता आफूले गर्ने माइक्रोसफ्टको भनाइ छ ।

विगत केही महिनादेखि अमेरिकी अधिकारीहरूले चिनियाँ कम्पनीअन्तर्गत टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा भएको बताउँदै आएका छन् किनकि यसले निजी डेटा संकलन गर्ने विश्वास छ ।

‘माइक्रोसफ्ट राष्ट्रपतिका चिन्ताहरूलाई सम्बोधन गर्नुको महत्त्वलाई पूर्ण रूपमा स्वीकार गर्छ । कम्पनी टिकटकलाई किन्नका लागि पूर्ण सुरक्षा समीक्षा गर्ने तथा अमेरिकालाई उपयुक्त आर्थिक लाभ दिने विषयमा प्रतिबद्ध छ,’ माइक्रोसफ्टले बयानमा लेखेको छ ।

सियाटलमा रहेको माइक्रोसफ्टले टिकटक किन्ने विषय टुंगो नलागिसकेको बतायो । सेप्टेम्बर १५ सम्ममा यससम्बन्धी सम्झौता भइसक्ने लक्ष्य उसले लिएको छ ।

बाइटडान्सले टिकटकको अमेरिकी व्यापारमा माइनोरिटीको हैसियत राख्न खोजेको थियो तर ह्वाइट हाउसले त्यसलाई अस्वीकार गर्‍यो । प्रस्तावित नयाँ सम्झौताअनुसार, बाइटडान्स अमेरिकाबाट अब पूरै हट्नेछ र माइक्रोसफ्ट कोर्पले टिकटक लिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah