दमक। झापाको दमकमा युवाहरुले मास्क बाँढ्न थालेका छन् । युवाहरुको एक समुहले आज दमकका विभिन्न ठाउँमा मास्क बाँढेको हो । जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना तिराउने भनि सूचना नै जारी गरेको छ ।

तरपनि झापाको दमकमा विना मास्क हिड्नेको संख्या उल्लेख्य रहेको भन्दै पहिलो पाईला नेपाल नामक एक सामाजिक संस्थाले मास्क बाढ्न शुरु गरेको हो । संस्थाका सल्लाहकार राजु खड्काले सवाल नेपालसँग भन्नु भयो, मास्क नलगाइ हिडेको देखियो, सुरक्षित रहनका लागि मास्क बाँढेका हौ । कतिपयको मास्क किन्ने अबस्था पनि नभएको पनि देखियो , त्यस्तालाई पनि बाँढियो ।

दमकमा खुल्लम खुला विना मास्क हिड्नेको संख्या राम्रै छ । युवाहरुले सवारी साधन रोकेर पनि मास्क वितरण गरेका छन् । उनीहरुले जनचेतनाका लागि प्लेकार्ड समेत बोकेर सचेतनाको काम पनि गरेका छन् । प्लेकार्डमा कोरोनाबाट आँफूपनि बाँचौ र अरुलाई पनि बचाऔं, मास्कको प्रयोग गर्रौ कोरोनाबाट सचेत रहौं, हात नमिलाऔं नमस्कार गरौं, सेनिटाइजरको प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं जस्ता नारा लेखिएका थिए ।

मास्क वितरणमा पहिलो पाईला दमकका अध्यक्ष दीपक खड्का लगायत पहिलो पाइलाको टिमले दमक चोक, सब्जी बजार, बसपार्क क्षेत्र र आकाशे पुल आसपासका क्षेत्रमा मास्क वितरण गरेको हो । कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोगले पनि सहयोग गर्ने भएकाले यसतर्फ ध्यान दिएर मास्क वितरण गरिएको उनीहरुले बताएका छन् । संस्थाले आज दमकमा ३ सय ५० मास्क वितरण गरेको सचिव मेघनाथ फुयाँलले जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय