रुसमा श्वासप्रश्वास रोगका अग्रणी चिकित्सक डा अलेक्जेन्डर चुकालिनले कोरोनाभाइरस खोप हतार गरेर ल्याइएको आरोप लगाउँदै राजीनामा दिएका छन् ।

खोपमा हतार गरेर स्वास्थ्य नैतिकताको चरम उल्लंघन गरिएको उनको आरोप छ । उनले रुसको स्वास्थ्य मन्त्रालयको एथिक्स काउन्सिलबाट राजीनामा दिएका हुन् । त्यसअघि उनले स्पुतनिक भी खोपको कडा विरोध गरेका थिए ।

पश्चिमका विज्ञहरूले खोपका विषयमा शंका गरेका छन् ।

डा चुकालिनले सुरक्षाको कारण देखाउँदै खोपको दर्ता रोक्का गर्ने प्रयास गरे पनि विफल भएपछि एथिक्स काउन्सिलबाट राजीनामा दिएका थिए ।

स्वास्थ्य नैतिकतालाई उल्लंघन गर्दै खोप उत्पादनमा हतार गर्न दुई अग्रणी चिकित्सकहरू जिम्मेवार रहेको भन्दै उनले विशेष रूपमा आरोप लगाएका छन् ।

उनले गामालेया रिसर्च सेन्टरका निर्देशक प्रा अलेक्जेन्डर गिन्ट्सबर्ग र रुसी सेनाका शीर्ष भाइरोलोजिस्ट प्रा सर्गेइ बोरिसेभिचको नामै किटेर आलोचना गरे ।

उनले ती दुईलाई सोधे, ‘तपाईंहरूले रुसी कानून र अन्तर्राष्ट्रिय वैज्ञानिक समुदायले स्वीकृति दिएको सबै प्रक्रिया पूरा गर्नुभयो ? अँह ! खोपको काम पूरा भएकै छैन । त्यसैले डु नो हार्म भन्ने स्वास्थ्यको एक नैतिक सिद्धान्तलाई पूर्ण उल्लंघन गरिएको छ ।’

चुकालिनले रसियन रिसर्च इन्स्टिच्युट अफ पल्मनोलोजी स्थापना गरेका हुन् र उनी पिरोगोभ नेसनल रिसर्च मेडिकल युनिभर्सिटीमा डिपार्टमेन्ट अफ हस्पिटल थेरापीका प्रमुख हुन् ।

उनले भने, ‘सबै वैज्ञानिक तथ्यलाई जाँचबुझ नगरिकन खोपको प्रभावकारिता निर्धारण गर्न सकिन्न ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah