अष्ट्रेलियामा पछिल्लो तीन हप्तामा सबैभन्दा कम संक्रमित बिहिबार फेला परेका छन् । सरकारी आँकडाका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९२ संक्रमित भेटिएका छन् जबकी बुधबार यहाँ ४ सय २८ संक्रमित फेला परेका थिए ।

यो २० जुलाई पछि एक दिनमा भेटिएको सबैभन्दा कम संख्या हो । सबैभन्दा धेरै संक्रमित भिक्टोरिया राज्यमा देखा परेको हो । कूल २ सय ९२ मध्ये भिक्टोरियामा २ सय ७८ संक्रमित भेटिएका हौं । भिक्टोरियाको राजधानी मेलबर्न तीन अगस्टदेखि पूर्ण रुपमा लकडाउन छ ।

स्वास्थ्यमन्त्री ग्रेग हंटले भने, ‘अब हामी सावधानीका साथ यो विश्वास गर्न सक्छौं कि कोरोना ग्राफ फ्ल्याट हुने सुरुवाती संकेत हामीले पाइरहेका छौं ।’

मेलबर्नका करिब ५० लाख मानिसहरु लगभग एक महिनादेखि घरमा नै छन् र आवश्यक सामान खरिद गर्नका लागि मात्रै बाहिर जान सक्छन् ।

डेकिन युनिभर्सिटीकी प्राध्यापक क्याथरिन बेनेटले भनिन्, ‘हामीले थोरै मात्रै पनि लापरवाही गर्ने बेला होइन यो । यद्यपि, यो सही हो कि कोरोनाको ग्राफ तल झर्दैछ ।’

जोन होपकिन्स युनिभर्सिटीका अनुसार अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या २२ हजार ३ सय ५८ पुगेको छ भने हालसम्म यहाँ ३ सय ६१ को मृत्यु भइसकेको छ । स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah