कोरोनाभाइरस तथा अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण उत्तर कोरियाको अर्थतन्त्र निकै खस्किएको छ । त्यसले गर्दा शासक किम जोङ उन चिन्तामा परेका छन् ।

त्यसैले किमले अमेरिकासँग सम्बन्ध सुधार्ने जिम्मा आफ्नी बहिनी किम यो जोङलाई दिएका छन् ।

त्यसो त किमले नै निरपेक्ष सर्वाधिकार राख्ने गरेका छन् तर उनले तनाव घटाउन विभिन्न नीतिको जिम्मेवारी बहिनीलाई सुम्पेको बताइएको छ ।

यो जोङले राज्य मामिला हेरिरहेको दक्षिण कोरियाको नेसनल इन्टेलिजेन्स सर्भिसले जानकारी दियो ।

तर यस संस्थाले उत्तर कोरियाका विषयमा गलत प्रक्षेपण गरेको इतिहास छ ।

किम बहिनीलाई बढी अधिकार दिएको खबर दक्षिण कोरियाको संसद्को बन्द सत्रमा बिहीवार दिइएको बताइएको छ । सांसदहरूले यस विषयमा छलफल गरेका छन् ।

यो जोङले अमेरिका र दक्षिण कोरियासम्बन्धी नीति बनाउने जिम्मेवारी पाएकी छन् र उनी वस्तुगत रूपमा दोस्रो शक्तिशाली नेता हुन् यद्यपि किमले आफ्नो उत्तराधिकारी छानिसकेका छैनन्, एजेन्सीले भन्यो ।

किमले शासनभार अलिकति हलुका बनाउन र नीति विफल भयो भने जिम्मेवारीबाट पन्छिन बहिनीलाई शक्ति दिएको बताइएको छ ।

तर केही विश्लेषकहरूले यस सूचनाप्रति शंका व्यक्त गरेका छन् । एनके न्युजले यो जोङ यसै महिना मात्र दुई महत्त्वपूर्ण बैठक छुटाएको खबर दियो । त्यसले गर्दा उनलाई घटुवा गरिएको हो कि भन्ने अनुमान पनि चल्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah