उत्तर कोरियाले आफ्ना नेता किम जोङ उनका नयाँ तस्वीरहरू सार्वजनिक गरेको छ । केही दिनअघि दक्षिण कोरियाका एक कूटनीतिकर्मीले किम कोमामा रहेको दाबी गरेपछि उत्तरले तस्वीर सार्वजनिक गरेको हो ।

किम सत्तारूढ वर्कर्स पार्टीको पोलिटब्युरो विस्तृत बैठकमा सहभागी भएको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले लेख्यो ।

उनले बैठकमा कोरोनाभाइरस तथा तुफानविरुद्ध रोकथामको प्रयासका लागि आह्वान गरेको केसीएनएको भनाइ छ । तर किमका तस्वीर कहिले लिइएका हुन् भन्ने स्पष्ट छैन ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति किम दाए–जुङका पूर्व सल्लाहकार चाङ सोन–मिनले किम अप्रिल महिनादेखि कोमामा रहेको र उनी सार्वजनिक समारोहमा उपस्थित भएको झूटो प्रचार गरिएको दाबी गरेका थिए ।

बुधवार सम्पन्न पोलिटब्युरो बैठक महामारीको मध्यमा आयोजना गरिएको हो । महामारीले उत्तर कोरियाको अर्थतन्त्रमा दबाब दिएको छ । सीमा बन्द हुँदा अनि बाढीले क्षति पुर्‍याउँदा अर्थतन्त्र धराशायी भएको छ ।

बैठकमा भाइरस देशमा प्रवेश गरेकोमा राज्यका तर्फबाट भएको कमीकमजोरीको समीक्षा गरिएको थियो । उत्तर कोरियाले कोरोनाको कुनै केस पुष्टि गरेको छैन तर किमले अघिल्लो महिना भाइरस देशभित्र पसिसकेको हुन सक्ने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah