अमेरिकामा रिपब्लिकन पार्टीको चार दिने राष्ट्रिय सम्मेलनको अन्तिम दिन बिहीवार राति राष्ट्रपति डोनल्ड ट्रम्पले औपचारिक उम्मेदवारी स्वीकार गरेका छन् ।

उनले त्यसक्रममा सम्बोधन गर्दै भने, ‘मुटुमा आभार र अपार आशा लिँदै म अमेरिकाको राष्ट्रपति उम्मेदवारीलाई गर्वका साथ स्वीकार गर्छु ।’

राष्ट्रिय सम्मेलनमा ट्रम्पकी छोरी इभान्का, सिनेटका मेजोरिटी लीडर मिच मककोनेल, ट्रम्पका व्यक्तिगत वकिल रुडी जिलियाली लगायतले सम्बोधन गरेका थिए ।

ट्रम्पले राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुअघि ह्वाइट हाउस बाहिर भेला भएका विरोधकर्ताहरूले ब्ल्याक लाइभ्स म्याटर अभियानको पोस्टर देखाउँदै ट्रम्पलाई अपदस्थ गर्न मानिसहरूलाई आह्वान गरेका थिए ।

ट्रम्पले सम्बोधनका क्रममा अमेरिकालाई कोभिडअघिको स्थितिमा पुर्‍याउने बताउँदै देशको पुनर्निर्माण गर्ने र कीर्तिमान समृद्धि हासिल गर्ने बताए ।

‘हामीले अमेरिकालाई आविष्कारको नयाँ मोर्चामा पुर्‍याउनेछौं र उपलब्धिको नयाँ उचाइ चुम्नेछौं,’ उनले भने ।

सम्बोधनका क्रममा ट्रम्पले आफ्ना प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनमाथि कठोर शाब्दिक आक्रमण गरे । बाइडनले अमेरिकाको महानतालाई ध्वस्त पार्ने उनले बताए ।

उनले बाइडन कमजोर उम्मेदवार भएको बताउँदै डेमोक्रेटहरू विफल भइसकेका राजनीतिक वर्ग भएको दाबी गरे ।

आफूले परराष्ट्रनीतिमा सफलता पाएको बताउँदै उनले पश्चिम एसियामा आतंकवादीहरूलाई निष्क्रिय बनाएको र चीनविरुद्ध कठोर कदम चाल्ने भनी मतदातालाई गरेको प्रतिज्ञा पूरा गरेको पनि बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah