दमक। झापाको दमकका किसानले स्थानीय सरकारसँग गुनासो गरेका छन् । उनीहरुले धान पसाउने समयसम्म पनि मल नपाएको भन्दै गुनासो गरेका हुन् । स्थानीय तुलसी पुरीले भने, धान पहेँलो भइसक्यो मल छैन् । चुनावको बेलामा हलो जोत्ने नेता अहिले कता गए ? चुनावपछि जनताले सरकारबाट जति आशा गरेका थिए, त्यो पाउन सकेनन् ।
पुरी त एक प्रतिनीधि पात्र मात्र हुन् । उनी जस्ता सयौं किसानले अहिले धानमा लगाउँने युरिया मल पाउँन सकेका छैनन् । बर्षभरीको खाने धान र बर्षभरी खर्च गर्ने पैसा निकाल्ने किसानको माग पुरा नहुँदा अहिले देशभरका किसान चिन्तित भएका छन् । झापाकै कमल गाउँपालिका, गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका लगायत अधिकांस पालिकाका किसान अहिले पनि मलको पर्खाइमा छन् ।
कतिपय स्थानीय तहमा भारतबाट ब्लेकमा मल ल्याएर विक्री गर्ने गिरोह नै सक्रिय रहेको पनि पाइएको छ । नेपालमा ८५० पर्ने मल उनीहरुले २००० देखी २५०० सय प्रतिबोरा सम्म विक्री गर्ने गरेको पनि किसानले गुनासो गरेका छन् । भारतसँग सीमा जोडिएको गौरीगञ्ज गाउँपालिका क्षेत्र तथा महाभारा, कुञ्जीवारीतिरबाट नेपालीहरुले पनि भारबाट मल ल्याएर विक्री गर्ने गरेको भएपनि प्रहरीले तिनीहरुलाई कार्वाही गर्नुको सट्टा मिलेमतोमा मल ल्याउन दिइरहेको एक किसानले नाम नखुलाउने शर्तमा सवाल नेपाललाई जनाकारी दिए ।
स्थानीय जनप्रतिनिधीले भारतबाट लुकाइ छिपाई मल ल्याउने गरेको थाहा पाएपनि बेवास्था गरेको कमलका कृषकहरुले गुनासो गरेका छन् । त्यस्तै दमकका केहि किसानहरुले भारतबाट सानो दाना भएको मल मोटो रकम हालेर किन्नु पर्ने बाध्यता भएको बताए । उनीहरुले सरकारले जनताको आबश्यकता गणतन्त्र आएको १४ बर्ष पार भएपनि पुरा हुन नसकेको भन्दै सरकार प्रति आक्रोस पोखेका छन् ।
वर्षौदेखिको नेपाली किसानको मलको समस्या तीन तहका सरकार हुँदा पनि ज्युका त्युँ रहनु दुःखद हो । जनताकै निम्ति राजनीति गरेको भन्दै ठुलठूला भाषण गर्नेहरुले किसानको समस्या बुझ्न नसक्नुले उनीहरुको कृषी क्रान्तिको नारा हात्तीको देखाउने दात जस्तै देखिएको छ । सरकारको यसतर्फ बेलैमा ध्यान जाओस ।



