आइसल्याण्डबाट एउटा राम्रो खबर आएको छ । ३० हजार नागरिकमाथि गरिएको एक अध्ययनमा एकपटक कोरोना भाइरसद्वारा संक्रमित भएपछि बन्ने एन्टीबडीले मानिसहरुलाई कम्तीमा चार महिनासम्म प्रतिरोधी क्षमता प्रदान गर्न सक्ने नतिजा प्राप्त भएको छ ।
यति लामो अवधिसम्म प्रतिरोधी क्षमता रहिरहन्छ भनेर दाबी गर्ने यो पहिलो अध्ययन हो । आइसल्याण्डको एक बायोटेक कम्पनी डिकोड जेनेटिक्सले यो अध्ययन गरेको हो । यो शोधको नतिजा द न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको छ ।
यसअघि भएको सिमित अध्ययनको नतिजाले एन्टीबडी केही समयमा नै समाप्त हुने बताइएको थियो । तर आइसल्याण्डमा गरिएको यो अनुसन्धानका साथै प्रकाशित सम्पादकीयमा लेखिएको छ, ‘यो नतिजाले यो असाध्यै आक्रामक भाइरसप्रति पाइने इम्युनिटी तुरुन्त समाप्त नहुने आशा जगाएको छ ।’ स्रोतः बीबीसी



